मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी ) को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ। रक्तचापलाइ मिलिमिटर अफ मर्करीमा नापिन्छ। माथिको रक्तचापलाई सिस्टोलिक र तलको रक्तचापलाई डायस्टोलिक भनिनछ। सिस्टोलिक र डायस्टालिक दुबै रक्तचापशरीरको लागि उत्तिकै महत्वपूर्ण मानिन्छन्।
_x000D__x000D_
सामान्य रक्तचाप १२०-८० एमएम एचजी भन्दा कम हुनुपर्छ। उच्च रक्तचाप भन्नाले माथिको रक्तचाप १४० वा सो भन्दा बढी भएको अवस्थालाई भनिन्छ। माथिको १२० देखि १३९ वा तलको ८० देखि ८९ सम्मको रक्तचापलाई प्रिहाइपरटेन्सन भनिन्छ। यो उच्च रक्तचापहुनु भनदा अगाडिको अवस्था हो। प्रिहाइपरटेन्सन अवस्थामा रहेको व्यक्तिलाई सामान्य रक्तचाप भएको व्यक्ति भन्दा उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ। त्यसैले यस अवस्थामा जीवनशैलीमा आवश्यक परिवर्तन गरेर भविषयमा उच्च रक्तचापहुनबाट आफुलाई बचाउन सकिन्छ।
_x000D__x000D_
सामान्य भन्दा अली बढी रक्तचाप भयो भने के गर्ने?
_x000D_यदि तपाइको रक्तचाप १४० -९० को वरिपरि छ र कहिलेकाहिँ १५०/१०० सम्म पनि पुग्छ भने, औषधिको प्रयोग गर्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा पनि जीवनशैलीमा परिवर्तन गरेर रक्तचापलाई घटाउन सकिन्छ र औषधिको आवश्यकता नपर्न पनि सक्छ । तर यदि तपाईंको रक्तचापमाथिको १४०–१५० वा तलको ९०–१०० (बोर्डरलाइन हाइपरटेन्सन)छ भने चिकित्सकसँग जाँच गराएर मात्रै औषधि खाने वा नखाने निणय गर्नुपर्छ । जीवनशैलीमा परिवर्तन गर्दै ३ देखि ६ महिनासम्म रक्तचापलाई नियमित रुपमा जाँच गर्नुपर्छ । त्यपछि पनि रक्तचाप नियन्त्रण नभएमा औषधिको प्रयोग गर्नु पर्ने हुनसक्छ।
_x000D__x000D_
_x000D__x000D_
रक्तचाप नाप्दा ध्यान दिनुपर्ने कुरा
_x000D_रक्तचाप नाप्ने तरिका ठीक नभएमा रक्तचापको नाप हाइ वा लो हुनसक्छ र यसको नराम्रो असर बिरामीको उपचारमा पर्नसक्छ । त्यसैले रक्तचाप नाप्ने बेलामा निम्नलिखित कुराहरुमा ध्यान दिनु अत्यन्तै जरुरी हुन्छ । आफ्नो रक्तचापकति छ भन्ने कुरा डाक्टरलाई सोध्नुहोस् र याद राख्नुहोस् । घरमा स्वम्ले नापेको रक्तचापको रेकर्ड चिकित्सकलाई भेटने बेलामा देखाउनुपर्छ र अरुले नापेको रक्तचापको पनि रेकर्ड राख्ने गर्नुपर्छ।
_x000D__x000D_
कति दिनको फरकमा रक्तचापनाप्ने भन्ने कुरा रिसर्चले स्पष्ट गरेको छैन । अध्यान र अनुभवको आधारमा ,म आफ्नो बिरामीलाई निम्नानुसार रक्तचाप नाप्न सल्लाह दिन्छु । रक्तचाप धेरै चााडो नाप्दा अनावश्यक पीर पर्ने हुनसक्छ । धेरै दिनको फरकमा नाप्यो भने रक्तचाप नियन्त्रणमा छ कि छैन थाहा नहुनसक्छ । त्यसैले एउटा निश्चित समयमा रक्तचापनाप्नु जरुरी हुन्छ । चाँडै आत्तिने अवस्थाका भएका व्यक्तिहरुले धेरै चाँडो रक्तचापनाप्दा झन आतिने र अर्थको चिन्ता हुनसक्छ।
_x000D__x000D_
गर्भावस्थामा उच्च रक्तचाप
_x000D_गर्भावस्थामा रक्तचापमा परिवर्तन हुनलाई सामान्य मान्निन्छ । देस्रो र तेस्रो ३ महिना मा रक्तचापतल माथि हुनु स्वाविक हो । गर्भावस्थाको कारणले पनि उच्चा रक्तचापहुन सक्छ । यसलाई प्रग्नेन्सी इन्डुेसेड हाइपर टेन्सन भनिन्छ ।
_x000D__x000D_
गर्भावस्थामा रक्तचाप १४०-९० भन्दा बढी भयो भने औषधिको प्रयोग गर्नु जरुरी हुन्छ।
_x000D__x000D_
गर्भावस्थामा आमा रशिशस दुवैलाई असर नगर्ने औषधि मात्रै प्रयोग गर्नुपर्छ । गर्भावस्थामा उच्च रक्तचापनियमित रुपले जाँच्ने गर्नुपर्छ । कसै–कसैलाई गर्भावस्था पछि पनि रक्तचाप बढी भइराखेको हुनसक्छ, यसको लागि औषधिको प्रयोग गर्नुपर्ने हुन्छ।
_x000D__x000D_
बालकालिकामा उच्च रक्तचाप
_x000D_बालबालिका वा २० वर्ष मुनिका युवा युवतीहरुमा उच्च रक्तचाप देखिनुको अन्य केही कारण हुनुपर्छ । त्यसैले यस्तो अवस्थामा रक्तचापको राम्रो नियन्त्रण गर्नुको सााथै त्यसको कारण पत्ता लगाउन आवश्यक जाँचहरु पनि गर्नुपर्ने हुन्छ।
_x000D__x000D_
यस्तो अवस्थालाई सेकेन्डरी हाइपरटेन्सन भनिन्छ । कुन कारणबाट रक्तचाप बढ्न गएको हो, त्यो कारण समयमै पत्ता लगाएर उपचार गरिएमा रक्तचाप सधैँको लागि नियन्त्रित हुनसक्छ र औषधिको प्रयोग पछि गएर बन्द गर्न सकिनछ । यस्तो अवस्थामा मुटुरोग विशेषज्ञले छातीको एक्सरे, इसिजी, इकोकार्डियोग्राफी ,मृगौलाको डप्लर अल्टा«साउण्ड रहार्मोन आदि जााच गर्न सल्लाह दिन्छ।
_x000D__x000D_
_x000D_उच्च रक्तचापका कारणहरु
_x000D_अवस्था जीवनशैली नै उच्च रक्तचापको प्रमुख कारण हो । अवस्था आहार (नुनिलो खानेकुरा (मोटोपना र शारीरिक गतिबिधिको कमीले उच्च रक्तचापके सिर्जना गर्नसक्छ । जीवनशैलीमा हुने अस्वस्थ परिवर्तनले गर्दा नै युवकहरुमा पनि यो समस्या बढ्दै गइरहेको देखिन्छ । धुम्रपानको सेवजले रक्तचापलाई बढाउँछ । यसले रक्तचाप कम गर्ने औषधिको असरलाई पनि कम वा निष्क्रिय गर्छ । जसले गर्दा रक्तचापको राम्रो नियन्त्रण हुन पाउँदैन।
_x000D__x000D_
उच्च रक्तचापका लक्षणहरु
_x000D_सामान्यता उच्च रक्तचापको केहि लक्षण हुँदैन। उच्च रक्तचापको कारणले टाउको दुख्छ भन्ने जनधारणा छ तर यो कुरालाई अध्ययनले पुष्टि गर्दैन । रक्तचाप अचानक धेरै बढेमा टाउको दुख्न सक्छ । रक्तचाप अलि–अलि मात्र बढेमा टाउको दुख्दैन । तर, उच्च रक्तचापले टाउकोको पछाडितिर र कहिलेकाहिँ पूरै टाउको भारी हुने वा अलिअलि दुख्ने हुनसक्छ।
_x000D__x000D_
कसैकसैलाई रक्तचाप बढेको बेलामा केही लक्षण तथा समस्या देखा पर्न सक्छन् । कहिलेकाहिँ उच्च रक्तचापको कारणले अंगहरुमा परेको दुष्प्रभावको फलस्वरुप विभिन्न लक्षणहरु देखापर्न सक्छ। केही बिरामीलाई मष्तिकघात, ह्दयघात वा मिर्गौलाको समस्या आदि भएर अस्पताल पुगेपछि मात्र उच्च रक्तचाप भएको पहिलो पटक थाहा हुनसक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।