लन्डन–इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाढेका छन्। शनिबार राति सकिएको खेल १–१ गोलको बराबरीमा सकिएको हो।
_x000D__x000D_
चेल्सीका इडिन हजार्डले खेलको २५ मिनेटमा गोल गर्दा घरेलु मैदानमा खुसीको बहार छाएको थियो।
_x000D__x000D_
खेल सकिन १ मिनेट बाँकी छदा लिभरपुलले बराबरी गोल फर्काउदै घरेलु दर्शकलाई निराश पारे। लिभरपुलका लागि ड्यानियल स्टुरिजले २५ यार्ड टाढाबाट सुन्दर गोल गरेका थिए।
_x000D__x000D_
बराबरीसँगै लिभरपुलले शीर्ष स्थानमा रहने मौका गुमाएको छ भने शीर्ष स्थानको म्याचनेस्टर सिटीलाई फाइदा पुगेको छ। शीर्ष स्थानको सिटीको ७ खेलबाट १९ अंक छ भने दोस्रो स्थानको लिभरपुलको पनि १९ अंक नै छ। तेस्रो स्थानको चेल्सीको १७ अंक, चौथो स्थानको टोटनह्यामको १५ र पाँचौ स्थानको आर्सनलको पनि १५ अंक नै छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।