लन्डन- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी, आर्सनल र टोटनह्याम विजयी भएका छन्। शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले ब्रिङ्टनलाई २-० गोलले हरायो। सिटीको जितमा रहिम स्टर्लिङले २९ र सर्जियो अग्युरोले ६५ मिनेटमा गोल गरे।
_x000D__x000D_
यस्तै आर्सनलले वाटफोर्डलाई २-० गोलले पराजित गर्यो। आर्नसलले ८१ मिनेटमा वाटफोर्डका काथकार्डले गरेको आत्मघाती गोलको मद्दतमा अग्रता लिएको थियो। २ मिनेटमा पछि मेसुट ओजिलले आर्सनलका लागि दोस्रो गोल गरे।
_x000D__x000D_
टोटनह्यामले पनि हडर्सफिल्डलाई २-० गोलले पराजित गर्यो। टोटनह्यामका लागि दुवै गोल ह्यारी केनले गरे।
_x000D__x000D_
अन्य खेलमा एभर्टनले फुलह्यामलाई ३-०, लेस्टरले न्युकासललाई २-० र वुल्भ्सले साउथह्याम्टनलाई २-० गोलले पराजित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।