काठमाडाैं- काठमाडाैं महानगरपालिकाले राष्ट्रकवि माधव घिमिरेलाई नागरिक अभिनन्दन गरेको छ।
_x000D__x000D_
महानगरपालिकाले शनिबार राष्ट्रियसभा गृहमा विशेष कार्यक्रम गरी राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गरेको हो। महानगरबासीको तर्फबाट मेयर विद्यासुन्दर शाक्यले राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गरेका हुन्।
_x000D__x000D_
घिमिरेको सम्मानमा महानगरले अभिनन्दन पत्र सहित पशुपतिनाथ मन्दिर स्वरुपको मुर्तिलगायत उपहार प्रदान गरेको थियो। अभिनन्दनअघि उनलाई निवासदेखि राष्ट्रिय सभागृहस्थलसम्म लावा लस्कर, बाजा गाजा र झाँकीसहित घोडाबग्गीमा राखेर रथारोहणसहित नगर परिक्रमा गराईएको थियो। रथारोहणका क्रममा घिमिरेको निवासदेखि सभागृहसम्म महानायक राजेश हमालले साथमै बसेर राष्ट्रकवि घिमिरेलाई छाता ओढाएका थिए।
_x000D__x000D_
केही दिनअघि मात्र घिमिरेले १००अाैं जन्मदिवस मनाएका छन्। राष्ट्रिय उत्सवको रुपमा मनाईएको जन्मोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले निवासमै पुगी शुभकामना दिएका थिए। २०६० सालमा घिमिरेलाई सरकारले राष्ट्रकविको उपाधि दिएको थियो।
_x000D__x000D_
भिडियाे
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।