काठमाडौं- आजदेखि बंगलादेशमा सुरु भएको यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पराजित भएको छ। नेपाललाई भारतीय युवा टिमले १ सय ७१ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
_x000D__x000D_
पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ४ रन जोड्यो। उसका लागि ओपनर यसश्वी जैसवालले १ सय ४ रनको शतकीय पारी खेले। सिमरन सिंहले ८२ रनको योगदान गरे। बलिङमा नेपालका भीम सार्कीले ४ विकेट लिए भने रसिद खानले २ विकेट हात पारे।
_x000D__x000D_
३ सय ५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ३६.५ ओभरमा १ सय ३३ रनमा अलआउट भयो। नेपालका लागि कप्तान आसिफ शेखले २५ रन र रोहितकुमार पौडेलले २४ रन बटुले। अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्। बलिङमा भारतका सिद्धार्थ देसाइ र हर्ष त्यागीले ३-३ विकेट लिए। शतक बनाएका यसश्वी म्यान अफ दि म्याच भए।
_x000D__x000D_
नेपाल रहेको समूह ए मा अफगानिस्तान र यूएई छन्। अब नेपालले मंगलबार अफगानिस्तानसँग खेल्नेछ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।