नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारको भ्रष्टाचार,कुशासन ,मनगढन्ते र हावादारीपनलाई प्रतिपक्ष दलले टुलुटुलु हेर्न नसक्ने बताएका छन्।
_x000D__x000D_
कांग्रेसको विधान मस्यौदाका लागि छलफल तथा राय लिनका लागि बाग्लुङ पुगेका केसीले लोकतान्त्रिक मूल्य मान्यता अनुसार प्रतिपक्षीय भूमिका निर्वाह गर्ने बताए।
_x000D__x000D_
धौलागिरी बहमुखी क्याम्पसको स्ववियुले आयोजना गरेको वर्तमान सन्दर्भमा प्रतिपक्षको भूमिका विषयक अन्तरक्रियामा बाेल्दै केसीले भने, ‘लोकतन्त्रको सौन्दर्य भनेकै वाद प्रतिवाद संवाद सँगसँगै सरकार र प्रतिपक्ष जस्ता यसका सबल पक्षलाई स्विकार्नु पनि हो।’
_x000D__x000D_
उनले पार्टीको विधानलाई थप लोकतान्त्रिक र संविधानको मर्म अंगिकार गरेको हुुनुपर्नेमा जोड दिए। विधानलाई समायानुकल बनाई सबैले अपनत्व गर्नसक्ने हुनुपर्ने बताए।
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।