धनगढी– नेपाल सरकारले चिनीको मूल्य निर्धारण गर्न नसक्दा सुपथ मूल्य पसलमा नुनमात्र बिक्रि गर्न सुरु गरिएको छ।
_x000D__x000D_
विगतका वर्षहरुझैं शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशका सातवटा स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएकोमा नुनबाहेक अन्य कुनै दैनिक उपभोग्य वस्तु बिक्रिवितरण गर्न नसकिएको साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ।
_x000D__x000D_
‘विगतका वर्षहरुमा सुपथ मूल्य पसलबाट चिनी, नुन, चामल लगायतका दैनिक उपभोग्य सामाग्री बिक्रिवितरण गरिन्थ्यो।’, कर्पोरेसनका सहायक महाप्रबन्धक केशव पाण्डेयले भने, ‘अहिले नुनमात्र बिक्रि गर्न सुरु गरेका छौं।’
_x000D__x000D_
साल्ट ट्रेडिङको क्षेत्रीय कार्यालय धनगढीले प्रदेशको धनगढी, टीकापुर, बेलौरी, महेन्द्रनगर, डडेलधुरा, दिपायल र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।
_x000D__x000D_
सरकारले चिनीको न्युनतम मुल्य निर्धारण गरेपछि मात्रै बिक्री थालिने साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक पाण्डेयले स्पष्ट पारे। ‘सरकारले चिनीको मूल्य निर्धारण गरेपछि पसलबाट त्यसको बिक्रि वितरण सुरु हुने छ।’
_x000D__x000D_
उनले सुपथ मूल्य पसलबाट नुन १८ रुपैयाँमा किन्न सकिने जानकारी दिए। अहिले बजारमा नुनको मूल्य २० देखि २५ रुपैयाँ छ। साल्ट ट्रेडिङले प्रतिव्यक्ति ६ किलोसम्म नुन बिक्रि गर्ने जनाएको छ।
_x000D__x000D_
_x000D_यस्तै, विगतका वर्षहरुमा खाद्य संस्थानले साल्ट टे«डिङसँगै मिलेर सुपथ मूल्य पसलबाट चामल बिक्रिवितरण गर्दै आएको थियो। तर यसपटक भने हालसम्म पनि सो कार्य थालन हुन सकेको छैन।
_x000D__x000D_
खाद्य संस्थान अञ्चल कार्यालयका प्रमुख डिल्लीराज लम्सालका अनुसार खाद्य संस्थानले शुक्रबारदेखि काठमाडौं उपत्यकामा पसल सञ्चालनमा ल्याइसकेको र मन्त्रालयबाट परिपत्र पुगेपछि जिल्लामा पनि सो कार्यक्रम सञ्चालन गरिने बताए।
_x000D__x000D_
दसैंमा कुनै पनि उपभोक्ताले महँगो शुल्क तिरेर दैनिक उपभोग्य वस्तुहरु खरिद गर्नु नपरोस् र कालोबजारी नियन्त्रणमा सहयोग पुगोस् भनेर सुपथ मूल्य पसल सञ्चालन हुँदै आएको छ। सुपथ मूल्य पसल दशैं, दिपावली र छठ पर्वको अवधिसम्म सञ्चालन रहने छ।
_x000D__x000D_
गतवर्ष साल्ट टे«डिङले नुन २ हजार ४९ बोरा र चिनी २ हजार ५ सय ३६ बोरा बिक्रि गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।