काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ विमानस्थल निर्माण गरे मात्रै पुग्ने बताएका छन्।
_x000D__x000D_
शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा नेपालले नेपालका लागि निजगढ विमानस्थल आवश्यकता भएको बताएका छन्। तर, जंगल फडानी गरेर हवाई सिटी बनाउनु नपर्ने बताएका छन्।
_x000D__x000D_
‘आवश्यकता अनुसार विमानस्थलको विस्तार गर्दै जानुपर्छ’, नेपालले भने, ‘आर्थिक रुपमा सबल हुने अवस्था नहुँदासम्म एकै पटकमा धेरै ठूलो विमानस्थल बनाउन हुँदैन।’
_x000D__x000D_
तर, विमानस्थल विस्तारका लागि आवश्यक जग्गा भने पहिलै नै अधिग्रहण गरेर राख्नुपर्ने नेपालको भनाइ छ। "हवाई सिटी त त्यहीँ नजिकको सिटीमा बनाउन सकिन्छ,' उनले भने।
_x000D__x000D_
सरकार भने पहिलो चरणमा हवाई यातायातका लागि आवश्यक संरचना निर्माणसँगै दोस्रो चरणमा हवाई सिटीसमेत बनाउने योजनामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।