काठमाडाैं– राजधानीको विषयमा विवाद उत्पन्न भएपछि प्रदेश ७ को संसद बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रबारको प्रदेशसभा अवरुद्ध गराएको हो।
_x000D__x000D_
शुक्रबारको बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरुले विरोध जनाएका थिए। प्रदेश ७ को राजधानी गोदावरीलाई प्रस्ताव गरिएपछि विरोध हुँदै आएको छ।
_x000D__x000D_
प्राकृतिक विनास गरेर राजधानी बनाउन लागिएको भन्दै कांग्रेस सांसदहरुले संसद अवरुद्ध गराएका हुन्। संसद बैठक अवरुद्ध भएपछि सभामुख अर्जुनबहादुर थापाले डाकेको बैठक जारी रहेको प्रतिपक्ष दलका नेता डा रणबहादुर रावलले जानकारी गराए ।
_x000D__x000D_
कांग्रेसले मंगलबार संसदमा पेश गरिएको राजधानीको प्रस्ताव फिर्ता लिनुपर्ने माग गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।