काठमाडौं- आन्तरिक श्रम बजारमा रोजगारदाता कम्पनीलाई श्रमिक आपूर्ति गर्दै आएका गैरसरकारी संस्थालाई सरकारले लाइसेन्स र धरौटी अनिवार्य गर्ने भएको छ।
_x000D__x000D_
संस्था चलाउनका लागि धरौटी अनिवार्य राख्नुपर्ने नयाँ व्यवस्था लागू गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जानकारी दिएको छ। श्रमिक आपूर्ति संस्था चलाउनेले कम्तीमा १५ देखि ४५ लाख धरौटी राखी लाइसेन्स लिनुपर्ने नयाँ व्यवस्था लागू गर्ने लागिएको हो।
_x000D__x000D_
'श्रमिक आपूर्तिकर्ता व्यवसायीलाई लाइसेन्स र धरौटीको दायरा ल्याएर जिम्मेवार बनाउनुपर्ने देखिएकाले नयाँ व्यवस्था ल्याउन लागेका हौं,' मन्त्रालयको श्रम सम्बन्ध विभागका प्रमुख डा रामप्रसाद घिमिरेले भने।
_x000D__x000D_
आन्तरिक श्रम बजारमा कामदार आपूर्ति गर्ने संस्थालाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नियमन गर्ने गर्छ। 'देशभर छरिएरका श्रमिक आपूर्तिकर्ता संस्थाले अहिलेसम्म उद्योगमा संस्था दर्ता गरेर काम गर्दै आएका थिए,' घिमिरेले भने, 'अब श्रम विभागका शाखा कार्यालयमा संस्था दर्ता गरेर मात्रे कामदार आपूर्ति गर्न पाइनेछ।'
_x000D__x000D_
नेपालभित्रको श्रम बजारमा काम गर्ने श्रमिक आर्थिक शोषणमा परेमा धरौटीमार्फत क्षतिपूर्ति भराइने उनको भनाइ छ।
_x000D__x000D_
यो पनि : होसियार, पर्चाले ठग्ला!
_x000D__x000D_
देशभर करिब २ हजारभन्दा बढी रोजगार आपूर्ति संस्था उद्योगमा दर्ता भई सञ्चालनमा आएको विभागको अनुमान छ। देशका मुख्य सहरमा बेरोजगार वर्गलाई लक्षित गर्दै यस्ता संस्था सञ्चालनमा आए पनि सरकारले नियमन गर्न नसक्दा धेरै बेरोजगार युवा ठगिइरहेका छन्।
_x000D__x000D_
श्रमिक आपूर्ति गरेबापत रोजगारदाता कम्पनी र रोजगार लगाइदिएबापत आपूर्तिकर्ता संस्था दोहोरो फाइदामा छन्। त्यस्ता संस्थालाई सरकारले नियमन र गनुगमन गर्न नसक्दा आन्तरिक श्रम बजारमा रोजगारीको खोजीमा रहेका युवा आर्थिक शोषणमा परेका छन्। यसरी शोषित युवा उजुरी लिएर प्रहरीसम्म पुग्दैनन्। सानो रकम ठगिएका कारण पनि यो समस्या सम्बन्धित निकायसम्म नपुग्ने गरेको सरोकारवालाहरु बताउँछन्।
_x000D__x000D_
बेरोजगारी समस्याको फाइदा उठाएर रोजगारीका लागि सुनौलो अवसर भन्दै कर्मचारी माग्ने संघसंस्थाका विज्ञापन पत्रपत्रिकामा पनि उत्तिकै देखिन्छन्। त्यस्ता संस्थाको विकृति अन्त्य गर्न पनि यो व्यवस्था लागू गर्न लागिएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।