काठमाडौं- गतवर्ष असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको बानेश्वरमा गोली हानी हत्या भयो। हत्या कसले, किन गर्यो प्रहरीले तत्काल पत्ता लगाउन सक्ने अवस्था थिएन।
_x000D__x000D_
अनुसन्धानमा खटिएको प्रहरीले फेला पार्यो, गौचनलाई गोली हानिएको सिसीटिभी फुटेज। गोली हानेर हत्यारा मोटरसाइकलको पछाडि बसी भाग्दै गरेको सिसीटिभी फुटेजमा देखिन्थ्यो। हत्याराले टोपी, ज्याकेट फालेर हुलिया बदलेको समेत सिसीटिभी फुटेजबाट पत्ता लाग्यो। सिसीटिभीकै सहायताले ३६ दिनपछि पक्राउ परे सुटर राजीव स्याङ्तान सहित पाँचजना।
_x000D__x000D_
यो त एउटा प्रतिनिधि घटना मात्रै हो। सिसीटिभीको सहायताले धेरै अपराधी पक्राउ परेका छन्। अपराध गर्नेलाई उम्किन नदिन महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले सिसीटिभीबाट निगरानी गरिरहेको छ। काठमाडौं उपत्यकाका ४ सय ८५ सिसी क्यामेरामार्फत आयुक्त कार्यालयले निगरानी गरिरहेको छ। त्यस्तै अन्य प्रहरी कार्यालयले सिसीटिभी मार्फत निगरानी गरिरहेका छन्।
_x000D__x000D_
अहिले काठमाडौं उपत्यकामा जोडिएका क्यामेरा पर्याप्त नभएको भन्दै नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको संयुक्त पहलमा १९ सय भन्दा बढी सिसी क्यामेरा जडान गर्न गृहकार्य सुरु भइसकेको छ।
_x000D__x000D_
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रहरीको सञ्चार निर्देशनालयका प्रमुख डिआइजी डा. राजीव सुब्बाको समन्वयमा गठन भएको सिसी क्यामेरा जडान अध्ययन समितिले काम सुरु गरेको छ।
_x000D__x000D_
समितिमा काठमाडौंका महानगरपालिकाको तर्फबाट धु्रव काफ्ले, महेश काफ्ले र राम सापकोटा छन् भने नेपाल प्रहरीको तर्फबाट प्रहरी निरीक्षकद्वय अनुप सिंह र भावना श्रेष्ठ छन्। उक्त कमिटीले अहिले सिसी क्यामेरा कति संख्यामा आवश्यक छ, कुन–कुन ठाउँमा जडान गर्ने, सहरभरि सिसीटिभी कसरी जडान गर्ने, लगानी कति लाग्ने र प्राइभेट लगानी कसरी भित्र्याउने भन्ने विषयमा अध्ययन गरेको समितिका सदस्य धु्रव काफ्लेले जानकारी दिए।
_x000D__x000D_
समितिले तिहारसम्म अध्ययन सकेर प्रतिवेदन बुझाउने जनाएको छ। अहिलेसम्मको अध्ययनअनुसार काठमाडौं उपत्यकामा १९ सयभन्दा बढी सिसी क्यामेरा आवश्यक रहेको प्रारम्भिक अनुमान छ। साना गल्लीमा फाइबर नपुगेकाले फाइबर पु¥याउन ठूलो खर्च हुने अनुमान गरिएको छ। १९ सयभन्दा बढी क्यामेराको जडान गर्न लगभग ९अर्ब लाग्ने अनुमान गरिएको छ।
_x000D__x000D_
यतिको ठूलो लगानी कसरी भित्र्याउने भन्ने विषयमा काफ्लेले भने, ‘यति ठूलो लगानी महानगरपालिकाले जुटाउन सक्दैन। यसका लागि हामी सार्वजनिक निजी क्षेत्र साझेदारी मोडलमा जाँदैछौं। प्राइभेट लगानी भित्र्याएर नै बनाउने हो।’
_x000D__x000D_
त्यस्तै क्यामेरा जडान गरिसकेपछि पनि मर्मतका लागि वार्षिक ठूलो धनराशि लाग्ने देखिएको छ। अहिले प्रहरीले काठमाडौं उपत्यकामा जोडेका सिसी क्यामेरा मर्मत गर्न मात्रै वार्षिक डेढ करोड रुपैयाँभन्दा बढी खर्च भएको आयुक्त कार्यालयले जनाएको छ।
_x000D__x000D_
प्राइभेट कम्पनीलाई आर्थिक सहयोग गर्न लगाउने र महानगरपालिकामा विज्ञापन गर्न दिएर सिसी क्यामेरा जोड्नेबारे समितिले अध्ययन गरिरहेको छ।
_x000D__x000D_
दुई ठाउँबाट काठमाडौंभर माेनिटरिङ
_x000D__x000D_
सिसी क्यामेरा जडान गरिसकेपछि यसको ‘मनिटरिङ’ दुई ठाउँबाट हुने बताइएको छ। एउटा नेपाल प्रहरीले गर्छ भने अर्को महानगरपालिकाले गर्छ। प्रहरीले बजार, बैंकिङ क्षेत्र, होटल, रेस्टुरेन्टलगायत अपराध हुने क्षेत्रको निगरानी गर्ने बताइएको छ। आयुक्त कार्यालयका प्रवक्ता एसएसपी प्रद्युम्न कार्कीले अपराध हुने क्षेत्रमा पर्याप्त मात्रामा सिसीटिभी जडान भएपछि अपराध नै कम हुने र अपराध भएपनि अपराधी उम्कन नपाउने बताए।
_x000D__x000D_
एता, महानगरपालिकाले भने चारवटा प्रयोजनका लागि सिसी क्यामेराबाट मनिटरिङ गर्नेछ। महानगरपालिकाले सडकको अवस्था, सम्पदाको अवस्था, फुटपाथको अवस्था र फोहोर संकलन केन्द्रको अवस्था सिसी क्योमराबाट मनिटरिङ गर्ने जनाएको छ।
_x000D__x000D_
सिसीटिभी जडान भएपछि कसले कहाँ फोहर फालेको छ, सम्पदामा कसले, के गरेको छ सबै कोठा भित्रबाटै हेरिने छ। जसका कारण संयुक्त पहलमा काम भएपनि मनिटरिङ भने भिन्दाभिन्दै गर्न लागिएको हो। महानगरपालिकाका सबै कार्यालयले अहिले आफ्नै स्रोतबाट धमाधम सिसी क्यामेरा जडान गर्न थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।