काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महिला हिंसाका घटनामा आउने कतिपय उजुरी लिन नीतिगत समस्या हुने गरेको बताएका छन्।
_x000D__x000D_
बिहीबार सिंहदरबारमा बसेको संसदको महिला तथा सामाजिक समितिले समितिले ‘महिला हिंसा न्युनिकरण’ सम्बन्धमा गरेको छलफलमा खनाल पनि सहभागी भएका थिए।
_x000D__x000D_
छलफलमा बोल्दै खनालले उजुरीहरु धेरै आउनु खुसीको कुरा भएको बताए। 'पहिलापहिला उजुरी कम परेका गुनासाहरू धेरै आउँथे तर आजभोलि उजुरीहरू धेरै आउन थालेका हुन् भन्ने लाग्छ', खनालले भने, 'उजुरीहरू धेरैभन्दा धेरै आउन थाल्नुमा महिला सचेतनाका कार्यक्रमहरूले पनि हो। तर, कतिपय उजुरीहरू लिनका लागि नीतिगत असजिलो पनि हुने गरेको छ। ढिला उजुरी दिएपछि मेडिकल परीक्षण गर्न प्राविधिक रुपमा कठिनाइ हुन्छ।'
_x000D__x000D_
समितिका सभापति निरुदेवी पालले महिला हिंसाका उजुरीहरू लिन नमानेका थुप्रै गुनासाहरूले प्रहरी प्रशासनप्रति जनताको विश्वास कम भएको बताइन्।
_x000D__x000D_
छलफलमा गृहमन्त्री रामबहादुर थापाले अनियन्त्रित मदिरा उत्पादन, मदिरा ओसारपसारमा युवाहरू लाग्नु, अश्लिल अनलाइन पोर्टलहरू र अल्कोहल पिउन युवाहरूलाई प्रोत्साहित गर्ने विज्ञापन जस्ता कारणहरूले महिला हिंसा बढेको बताएका थिए। यसलाई नीतिगत रुपमा व्यवस्थापन गर्दै महिला हिंसा विरुद्धको अभियानलाई देशव्यापी रुपमा चलाउनुपर्नेमा उनले जोड दिए।
_x000D__x000D_
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले देशव्यापी रुपमा भएका सबै प्रकारका हिंसा, शोषण, विभेद विरुद्ध अभियानमा एकतावद्ध भएर लाग्नुपर्ने बताइन्। महिला सचेतना कार्यक्रमहरूले गर्दा विगतको तुलनामा महिला हिंसाका उजुरी बढ्न थालेको मन्त्री थापाले बनाइन्।
_x000D__x000D_
महिला तथा सामाजिक समितिका सदस्यहरू माननीय गणेश सिंह ठगुन्ना, माननीय गंगा चौधरी र माननीय कृष्णकुमार राईले महिला हिंसा विरुद्ध सचेतना कार्यक्रमलाई अभियानको रुपमा लैजाने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।