धनुषा– हातहतियारसहित धनुषाका विभिन्न स्थानबाट प्रहरीले सातजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुबाट प्रहरीले दुई पेस्तोल र ११ राउन्ड गोली समेत बरामद गरेके छ।
_x000D__x000D_
पक्राउ पर्नेहरुमा कमला नगरपालिका–६ बस्ने १८ वर्षीय राजगीरकुमार महतो तथा २५ वर्षीय शत्रुधन ठाकुर, बिदेह नगरपालिका–१ ठाडी बस्ने २२ वर्षीय नरेशकुमार ठाकुर, ३८ वर्षीय श्यामसुन्दर ठाकुर तथा १९ वर्षीय रवीन्द्र ठाकुर, मिथिला बिहारी नगरपालिका–७ तारापट्टी सिर्सिया बस्ने २८ वर्षीय आजाद यादव र भारत बिहार मधुवनी जोकीथाना–२ बस्ने २७ वर्षीय किशोरकुमार शर्मा रहेका छन्।
_x000D__x000D_
अनुसन्धानको क्रममा मंगलबार प्रहरी नियन्त्रणमा रहेका नरेशकुमारलाई छुटाउन भन्दै आएका श्यामसुन्दर र रवीन्द्रलाई समेत प्रहरीले नियन्त्रणमा लिइएको थियो। त्यसपछि श्यामसुन्दर र रवीन्द्रले दिएको सूचनाको आधारमा बुधबार इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले राजगीर तथा शत्रुधनको साथबाट १ नाल स्वचालित पेस्तोल तथा ६ राउन्ड गोली, आजाद र किशोरकुमारको साथबाट स्वचालित पेस्तोलमा लाग्ने ५ राउन्ड गोलीसहित पक्राउ गरेको हो ।
_x000D__x000D_
साथै बिदेह नगरपालिका–१ ठाडी बस्ने राजकिशोर ठाकुरको घरमा भुसभित्र लुकाइछिपाई राखेको १ थान स्वचालित पेस्तोल र २ राउन्ड गोली प्रहरीले फेला पारेको छ। राजकिशोर फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।