काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सूचना र प्रविधिका क्षेत्रमा देशभित्रै वार्षिक एक लाख नेपाली नागरिकलाई रोजगारीको अवसर सिर्जना गर्न सकिने दावी गरेका छन्।
_x000D__x000D_
नेपाल कम्प्युटर एसोसिसन महासंघ (क्यान)सँग प्रविधि क्षेत्रमा रोजगारीका अवस्था र सम्भावनाका विषयमा श्रम मन्त्रालयमा भएको छलफलमा मन्त्री विष्टले नेपाली युवालाई रोजगारीको अवसर निर्माण गर्ने एउटा पाटो प्रविधि क्षेत्र भएको धारण राखेका थिए।
_x000D__x000D_
श्रम मन्त्रालयले सकभर युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने योजनाका साथ आन्तरिक श्रम बजारमा रोजगारीमा अवसर र सम्भावानाको खोजी गरिरहेको मन्त्री विष्टको दावी थियो। उनले भने, ‘हाल, सूचना प्रविधि क्षेत्रमा वार्षिक करिब ५० हजार जनाले रोजगारी पाइरहेका छन्। यसलाई बढाएर एक लाख पु¥याउने प्रयास मन्त्रालयले गर्नेछ। यसमा सूचना र प्रविधि क्षेत्रमा काम गर्ने सबै संस्थाको सहयोग आवश्यक छ। सबैले मिलेर आन्तरिक श्रम बजारको व्यवस्थापन गर्नुपर्छ।’
_x000D__x000D_
सरकारले देशभित्र विभिन्न क्षेत्रमा रोजगारीका अवसर सिर्जनाका लागि तयारी गरिरहेको सन्दर्भमा सूचना प्रविधि क्षेत्र प्राथमिकतामा राखिएको उनको भनाइ छ। सूचना प्रविधिको क्षेत्र थप व्यवस्थित रोजगारी सिर्जनाका लागि यो प्रतिवेदनले सहयोग गर्ने मन्त्री विष्टको विश्वास छ।
_x000D__x000D_
सूचना र प्रविधि क्षेत्रमा रोजगारीका धेरै सम्भावना भएर पनि अहिलेसम्म सरकारले ध्यान दिन नसकेको क्यानका अध्यक्ष हेमन्त चौरासियाले बताए।
_x000D__x000D_
सुचना प्रविधि क्षेत्रमा ठूलो संख्यामा रोजगारीको अवसर सिर्जना गर्न सकिने मन्त्रालयको अध्ययनमा उल्लेख गरिएको छ। यो विषयमा विस्तृत अध्ययन गरी सुझाव पेस गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले यही श्रावण ९ गते श्रम मन्त्रालयका सह–सचिव प्रकाश दाहालको संयोजकत्वमा एक कार्यदल गठन गरेका थिए।
_x000D__x000D_
कार्यदलले सूचना प्रविधिका क्षेत्रमा रोजगारी सिर्जना गर्ने सम्बन्धमा हालका नीतिगत तथा संस्थागत व्यवस्थाको अध्ययन, रोजगारी सिर्जनामा रहेका मुख्य समस्या, रोजगारीको सम्भावित अवसर र रोजगारी सिर्जनाका लागि सुझाव समेटेर मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो।
_x000D__x000D_
हाल सूचना प्रविधि क्षेत्रमा करिब ५० हजारले रोजगारी पाइरहेका छन्। यो क्षेत्रका उल्लेखित समस्या समाधान भएमा थप १ लाखलाइ रोजगारी सिर्जना गर्नसक्ने आँकडा प्रतिवदेनमा प्रस्तुत गरिएको छ।
_x000D_सूचना र प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको पलायन, न्यून जनशक्तिको उपलब्धता, इन्टरनेटको असहजता, विद्युत आपूर्तिको अभाव, सूचना प्रविधिसँग सम्बन्धित वातावरणको अभाव हुनु जस्ता समस्याहरु रहेको औंल्याइएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।