काठमाडौं– संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा सहभागी हुन न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती प्रधानमन्त्री थेरेसा मेबीच शिष्टाचार भेटवार्ता भएको छ।
_x000D__x000D_
महासभामा सहभागी हुन न्यूयोर्कमा रहेका दुवै देशमा प्रधानमन्त्रीबीच भेट भएको न्यूयोर्कमा रहेका प्ररराष्ट्र मन्त्रालयका अधिकारीले बताएका हुन्।
_x000D__x000D_
भेटका अवसरमा प्रधानमन्त्रीद्वयले शताब्दी लामो दुई देशको सम्बन्धका विषयमा छलफल गरेका छन्। यस्तै व्यापार, लगानी, पर्यटन र सहकार्यको विविध क्षेत्रका विषयमा कुरा भएको बताइएको छ।
_x000D__x000D_
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन् २०१५ को बेलायत भ्रमणको अवसरमा बेलायत र भारतले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै नेपालको संविधान समावेशी नरहेको बताएका थिए। सबै वर्ग र क्षेत्रको प्रतिनिधित्व हुने गरी संविधान संशोधन गर्न सुझाव दिएपछि नेपाल र बेलायतबीच सम्बन्धमा चिसोपन आएको थियो।
_x000D__x000D_
नेपालले संविधान जारी गरेपछि भारतले नेपालमाथि लगाएको नाकाबन्दीको अन्तर्राष्ट्रिय वैधता खोज्न भारतीय इच्छामा संयुक्त वक्तव्य जारी गरिएको आरोप लाग्दै आएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।