काठमाडाैं- संघीय संसदको सार्वजनिक लेखा समितिले बेरुजु हुन नदिने गरी प्रभावकारी कदम चाल्ने निर्णय गरेकाे छ। बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले बरुजु हुन नदिन मुख्य सचिव सहित सबै मन्त्रालयका सचिवसँग छलफल गर्ने निर्णय समेत गरेकाे छ।
_x000D__x000D_
यसैगरी समितिले महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाउँदै सो सम्बन्धमा महालेखा परीक्षक टंकमणि शर्मासँग विस्तृत छलफल गर्ने निर्णय गरेको हो।
_x000D__x000D_
महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमाथि समितिका सदस्यले गम्भीर प्रश्न उठाएपछि महालेखा परीक्षक शर्मासँग शुक्रबार छलफल गर्ने निर्णय गरिएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए।
_x000D__x000D_
कतिपय सरकारी संस्थाहरुले लेखा परीक्षण समेत नगरेको पाइएपछि समितिले सो सम्बन्धमा महालेखा परीक्षक शर्मासँग आवश्यक छलफल गर्ने निर्णय गरेको हो। बैठकमा समितिका सदस्य हृदयेश त्रिपाठीले विश्वविद्यालय अन्तर्गतका कतिपय निकायमा लेखा परीक्षण नगरेको पाइएको उल्लेख गर्दै सो सम्बन्धमा महालेखा परीक्षकको कार्यालयको धारणा माग गर्नुपर्ने बताए।
_x000D__x000D_
कतिपय सरकारी संस्थाले समेत लेखा परीक्षण गर्न नचाहेको पनि महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमै उल्लेख गरिएको भन्दै उनले आपत्ति जनाए।
_x000D__x000D_
समितिका अर्का सदस्य धर्माशीला चापागाईँले दुई वटा वाईडबडी विमान खरीदमा आर्थिक घोटाला भएको आशंका गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र मातहतका सबै निकायमा छानबिन गर्नुपर्ने आवश्यकता औंल्याए। वाईडबडी विमानमा ठूलो आर्थिक अनियमितता हुनु राष्ट्रिय लज्जाको विषय भएको उल्लेख गर्दै सम्बन्धित निकायसँग कागजात माग गरेर समितिले छानबिन गर्नुपर्ने उनको धारणा छ।
_x000D__x000D_
निजगढ-काठमाडौं द्रूतमार्ग निर्माण भ्रष्टाचार भएको आशंका गर्दै छानबिन गर्न ढिलाई गर्न नहुनेमा जोड समिति सदस्यहरुले दिए। सांसद् प्रेमबहादुर आलेले सो द्रुतमार्ग निर्माणमा भ्रष्टाचार भएको आशंका गरे। अायोजनाको विस्तृत अध्ययन प्रतिवेदन समेत तयार नगरिएकोमा पनि उनले आपत्ति जनाए।
_x000D__x000D_
समितिका अर्का सदस्य विशाल भट्टराईले सरकारी निकायमा हुने गरेको भ्रष्टाचारसम्बन्धी विषयमा छानबिन गर्न विभिन्न उपसमिति बनाउनुपर्ने आवश्यकता रहेको बताए। मुलुकलाई सुशासनको बाटोमा अघि बढाउन समितिले अनियमितता गर्नेमाथि कडा निगरानी राख्नुपर्ने पनि उनले स्मरण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।