ad

नेपाल समावेश सूचना प्रविधि सर्वेक्षण 'आफ्टर एक्सेस' न्युयोर्कमा पुरस्कृत

नेपाल लाइभ

Nepal Live

न्युयोर्क- नेपालसहित विश्वका १८ वटा देशमा सूचना तथा सञ्चार प्रविधिको पहुँच र प्रयोग सम्बन्धी सर्वेक्षण 'आफ्टर एक्सेस'ले अन्तर्राष्टिय पुरस्कार जित्न सफल भएको छ।

आफ्टर एक्सेसलाई संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा इक्वेल साइनटेक अन्तर्गत अनुसन्धान विधामा पुरस्कृत गरिएको हो। आफ्टर एक्सेस अन्तर्गत नेपालको स्थलगत अध्ययन सन् २०१८ को अप्रिल र मे महिनामा सम्पन्न भएको थियो।

विश्व स्तरको पुरस्कार प्राप्त गरेपछि एसिया प्रशान्त क्षेत्रमा कार्यरत क्षेत्रीय सूचना प्रविधि थिंक ट्यांकका प्रमुख कार्यकारी अधिकृत तथा आफ्टर एक्सेसका प्रमुख अनुसन्धानकर्ता हेलानी गालपायाले खुसी व्यक्त गरे। ‘नेपाल सम्बन्धी विशेष नतिजा चाँडै काठमाडौंमा प्रकाशन गरिनेछ। नीति निर्माता तथा उद्योगसँग सम्बन्धित सरोकारवालाहरुले नेपालमा सूचना प्रविधिको पहुँच र प्रयोगमा लैंगिक विभेद घटाउनका लागि आफ्ना नीति र कार्यहरू यो तथ्यांकलाई प्रयोग गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौं,’ उनले भने।

आफ्टर एक्सेस ग्लोबल साउथका १८ वटा देशका ३८ हजार ५ घर तथा व्यक्तिसँगको अन्तर्वार्तामा आधारित राष्ट्रिय स्तरमा गरिएको एउटा शृंखलाबद्ध सर्वेक्षण हो। यस अनुसन्धानले मोबाइल फोन तथा इन्टरनेटको पहुँच तथा प्रयोग सम्बन्धी मुख्य मुद्दा समेटेको छ। 

आफ्टर एक्सेस ४ चार वटा पुरस्कार समुह (पहुँच, नेतृत्व, क्षमता र अनुसन्धान) गरी संसारभरबाट मनोनयनमा परेका ३५० प्रतिस्पर्धीमध्ये  छानिएको अन्तिम २२ भित्रको एक प्रतिस्पर्धी थियो। 

सर्वेक्षणको नेपाल विशेष प्रतिवेदन अक्टोबर ४, २०१८ मा काठमाडौंमा सार्वजनिक गरिने कार्यक्रम रहेको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने