टुरिन– इटालियन महारथी क्लब युभेन्टसले ८८ वर्ष यताकै उत्कृष्ट सुरुवात गरेको छ। सिजनमा लगातार सातौं जित निकाल्ने क्रममा सिरि ए को खेलमा युभेन्ट्सले बोलोग्नालाई २–० ले पराजित गरेको हो।
_x000D__x000D_
युभेन्ट्सले एटालियन सिरिजमा लगातार छैटौं जित हात पारेको हो। उसले सिरिजमा लगातार ६ खेलमा जित निकालेको यो लगातार तेस्रो पटक हो। यस्तै च्याम्पियन्स लिगमा युभेन्ट्सले भ्लालेन्सियामाथि जित हात पारेको थियो।
_x000D__x000D_
पछिल्लो ७ सिजन लगातार उपाधि जितेको युभेन्ट्सका लागि अर्जेन्टाइन फरवार्ड पाब्लो डिबालाले एघारौं मिनेटमा गोल गरे। १६औं मिनेटमा ब्लासी माटुउडीले युभेन्ट्सको अग्रता दोब्बर पारेका थिए।
_x000D__x000D_
_x000D__x000D_
यहि सिजन पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो आबद्ध भएपछि युभेन्ट्सले उच्च महत्वाकांक्षा राख्दै च्याम्पियन्स लिग जित्ने उद्देश्य राखेको छ। तर रोनाल्डोले पछिल्ला ७ मध्ये २ खेलमा मात्र गोल गर्न सकेको छ।
_x000D__x000D_
लिगमा यभुन्ट्सले ६ खेलबाट १८ अंक जोडेको छ। दोस्रो स्थानको नापोलीको १५ अंक छ भने १२ अंकसहित लाजियो तेस्रो स्थानमा छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।