पेरिस– फेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लगातार सातौं खेलमा जित हात पारेको छ। पिएसजीले बुधबार भएको खेलमा रेइम्सलाई ४–१ गोलले पराजित गरेको हो।
_x000D__x000D_
पिएसजीका लागि इडिन्सन काभानीले पाँचौ र ४४ मिनेटमा गोल गरे। नेइमारले २४ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। ५५ मिनेटमा मेउनरले पिएसजीका लागि चौथो गोल गरेका थिए। त्यसअघि खेलको दोस्रो मिनेटमै चाभालेरिनले गोल गर्दै रेइम्सलाई अग्रता दिलाएपनि त्यो गोल सान्त्वनामै सीमित बन्यो।
_x000D__x000D_
लिगको अन्य खेलमा लियोनले डिजोनलाई २–० गोलले हरायो। मार्सेलीले स्टार्सवर्गलाई ३–२ र लिलेलाई बोड्रेउक्सले १–० गोलले हरायो। लिगमा पिएसजीले २१ अंक जोडेको छ। दोस्रो स्थानको लियोनको १३ अंक छ। तेस्रो स्थानको मार्सेली र चौथो स्थानको लिलेको पनि १३–१३ अंक नै छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।