लन्डन– इंग्ल्यान्डको इएफएल कपमा चेल्सीले लिभरपुललाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा चेल्सीले खेलमा पछि परेको स्थिति उल्टाउदै लिभरपुललाई २–१ गोलले हराएको हो।
_x000D__x000D_
कपको तेस्रो चरणको खेलमा लिभरपुलका लागि ड्यानियल स्टरिजले ५८ मिनेटमका गोल गरेर अग्रता दिलाए। तर इमर्सनले ७९ मिनेटमा बराबरी गोल गर्दै चेल्सीलाई खेलमा फर्काए। ८५ इडिन हर्डाजले अर्को गोल गरेपछि चेल्सी २–१ ले अघि बढेको थियो।
_x000D__x000D_
कपको अर्को खेलमा टोटनह्यामले वाटफोर्डलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्यो। आर्सनलले ब्रेन्टफोर्डमाथि ३–१ को जित निकाल्दै चौथो चरणमा स्थान बनायो।
_x000D__x000D_
यसअघि बुधबार म्यानचेस्टर सिटी अघिल्लो चरणमा पुग्दा म्यानचेस्टर युनाइटेड बाहिरिएको थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।