इटहरी- देशको आर्थिक समृद्धिको मूल आधार मानिन्छ पर्यटन व्यवसाय। नेपाल जस्तो प्राकृतिक रूपले सम्पन्न मुलुकका लागि पर्यटन व्यवसाय आर्थिक विकासको मेरुदण्ड बन्न सक्ने देखिन्छ।
_x000D__x000D_
भौगोलिक रूपमा हिमाल, पहाड र तराईको भूभाग समेटिएको प्रदेश नं १ लाई पर्यटनको उर्वर भूमिको रूपमा लिइन्छ। विश्वको सर्वोच्च शिखर सगरमाथा देखि विश्वकै होचो ताल केचनाकवलसम्म यसै प्रदेशमा पर्छन्। प्रचुर सम्भावना भएको प्रदेश नं १ का सांसदहरू पनि पर्यटनलाई चासोको रूपमा लिइरहेका छन् यतिबेला। प्रदेश नं १ का पर्यटनमन्त्री जगदीश प्रसाद कुशीयतले पर्यटन प्रवर्द्धनमार्फत प्रदेश १ को पहिचान नै बदल्ने उद्षोष गर्दै आएका छन्।
_x000D__x000D_
पर्यटन मार्फत प्रदेश मात्र होइन देशले नै फाइदा लिन सक्ने कुशीयतको भनाइ छ। प्रदेश नं १ का इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, खोटाङ लगायत पहाडी जिल्लाको आफैले भ्रमण गरिसकेको र त्यहाँ पर्यटनको प्रचुर सम्भावना देखेको उनी बताउँछन्।
_x000D__x000D_
'खोटाङको हलेसी महादेव र ताप्लेजुङको पाथिभरा देवीको मन्दिर पहाडि धार्मिक करिडोरको रूपमा विकास गर्न सकिन्छ। सङ्खुवासभाको सभापोखरी, ताप्लेजुङको पाथिभरा र खोटाङको हलेसीमा केबलकार सञ्चालनको तयारी भइरहेको छ। जसका लागि बजेट समेत विनियोजन भइसकेको छ,' उनी भन्छन्।
_x000D__x000D_
इलामको कन्याम र सूर्योदय नगरपालिका लाई पर्यटकीय ग्राम बनाउने योजना छ उनको। माउन्टेन फ्लाइटदेखि साहसिक खेलको समेत विकास गर्न सकिने योजना बुन्दैछने कुशीयत। 'धार्मिक सर्किटमा विराट राजाको दरबारदेखि बर्जुताल, बराह क्षेत्र, दंतकाली, पिण्डेश्वरीसम्म जोड्ने मेरो योजना छ,’ उनले भने।
_x000D__x000D_
धार्मिक रूपमा दंतकाली, बुढासुब्बा, पिण्डेश्वरी, बहार क्षेत्र, हलेसी महादेव देखी ताप्लेजुङको पाथीभरा देवी सम्मको धार्मिक पर्यटन क्षेत्र यसै प्रदेशमा छन्। जसको प्रवर्द्धन गर्न सके भारतीय पर्यटन आकर्षित गरेर यथेष्ठ आम्दानी लिन सकिने उनको भनाइ छ।
_x000D__x000D_
यस प्रदेशबाट भारतको सिक्किम लगायत विभिन्न स्थानमा पर्यटक गइरहेका छन्। त्यसैले बंगलादेशका पर्यटकलाई पनि सगरमाथासम्म पुग्ने वातावरण सृजना गरेर ‘सागरदेखि सगरमाथा’सम्म जोड्ने उनको योजना छ।
_x000D__x000D_
‘केचनाकवलको बारेमा प्रदेश १ का जनतालाई नै जानकारी छैन। हामीले पनि यस विषयमा सक्दो प्रचार गर्न सकेका छैनौ। त्यसैले अब प्रदेश १ पर्यटन प्रदेश बनाउने उद्देश्यले अगाडि बढ्नुको विकल्प छैन,’ उनी भन्छन् , ‘हाम्रा खोला, पहाड, मन्दिर र हाम्रो आकाश पनि पर्यटन मैत्री भएकोले पर्यटनमा काम गर्ने पर्यटन व्यवसायीलाई प्रोत्साहन गरी पर्यटन क्षेत्रको प्रवर्द्धनमा कुनै कन्जुस्याइँ गरिँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।