काठमाडाैं– कवि छविरमण सिलवालको नियात्रासंग्रह ‘ग्रीनविचको साँझ’ बुधबार सर्वनाम थिएटरमा लोकार्पण गरिएको छ। पुस्तकलाई उपश्थित सबै कवि/लेखकले सामूहिक लोकार्पण गरेका थिए।
_x000D__x000D_
कवि सिलवाललाई शुभकामना दिँदै समालोचक डा. लक्ष्मण गौतमले पुस्तक पढ्दा एक किसिमको कौतूहल उत्पन्न भएको बताए। ‘ग्रीनविचको साँझ’ले आफूलाई बारम्बार तान्न सकेको हुनाले यसमा कलात्मक पक्ष निकै सबल भएकोमा खुसी व्यक्त गरे।
_x000D__x000D_
निबन्धकार श्रीओम श्रेष्ठ‘रोदन’ले छविरमणको नियात्रा कवितात्मक र कलात्मक भएकाले लेखकले सफल नियात्राको रुपमा आफूलाई प्रमाणित गराएको बताए। नियात्राको रुपमा धेरेैे विवरण लेखे पनि यस पुस्तक पढ्दा भने फरक किसिमको अनुभूति मिलेको बताए।
_x000D__x000D_
साहित्यकार राेचक घिमिरेले मिठाे र सरल भाषाका कारण पढ्दा पुस्तक पढ्दा निकै राेचक लाग्ने बताए।
_x000D__x000D_
समालोचक ज्ञानु अधिकारीले यस नियात्रामा बेलायतसँगै नेपालका दृश्य पनि आँखामा नाचिरहने बताइन्। कवितामा उतकै सशक्त रहेका छविरमणले कुशल नियात्राकारको रुपमा आफूलाई स्थापित गराएका दाबी गरिन्। समालोचक गीता त्रिपाठीले नियात्रा सरल र पठनिय भएको व्यक्त गरिन्। छाेटाे अवधिमै सशक्त नियात्रा लिएर अाउन सफल भएकाेमा लेखकलाई बधाई समेत दिइन्।
_x000D__x000D_
सातौँ कृतिको रुपमा ‘नियात्रा संग्रह’ प्रकाशित गरेका लेखक सिलवालले बेलायती भ्रमणको बेला देखेका र भोगेका कुराहरूलाई नै नियात्रामा उतारेको बताए। पुस्तकमा भ्रमणका नयाँ अनुभवलाई आफूले फरक किसिमको प्रस्तुत गरेको बताए।
_x000D__x000D_
पुतकलाई ‘शाब्दिक बुक्स’ले प्रकाशनमा ल्याएको हो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।