काठमाडौ– सांसदहरूले निजी कामको सिलसिलामा विदेश भ्रमणमा जाँदा व्यक्तिगत प्रयोजनमासमेत कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्ने बाटो खुलाएका छन्।
_x000D__x000D_
सरकारले संसदमा ल्याएको राहदानीसम्बन्धी विधेयकमा नेपाल सरकारको निर्णय बमोजिम सरकारी कामको सिलसिलामा विदेश जाँदामात्र रातो पासपोर्ट प्रयोग गर्न पाउने व्यवस्था संशोधन गर्दै व्यक्तिगत काममासमेत प्रयोग गर्न पाउनेगरी सांसदहरुले कानुन बनाएका हुन्। उक्त विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित भएको छ।
_x000D__x000D_
संशोधन गर्नुअघि व्यक्तिगत काममा राहादानी उपयोग गर्न कडा व्यवस्था गरिएको थियो। उक्त व्यवस्था संशोधन गर्नुपर्ने भन्दै सांसदहरुले संशोधन हालेका थिए। उक्त संशोधनको विरोध भएपछि घुमाउरो बाटोबाट व्यक्तिगत प्रयोजनका लागि पनि उपयोग गर्न पाउनेगरी बाटो खोलिएको हो।
_x000D__x000D_
संसदमा पेश भएको संशोधनमा ‘कूटनीतिक तथा विशेष राहदानीसम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ’ भन्ने शिर्षक राखिएको हो। विगतमा सांसदहरू नै रातो पासपोर्ट बेचबिखनमा संलग्न भएपछि सरकारले सरकारी काममा मात्र रातो पासपोर्ट प्रयोगको कानुनमै व्यवस्था राख्न मस्यौदामा प्रस्ताव गरेको थियो। तर, सांसदहरुले सरकारी निर्णयमार्फत प्रयोग गर्न पाउने व्यवस्था राख्दै व्यक्तिगत कामका लागि यस्तो पासपोर्ट प्रयोग गर्ने कानुन बनाएका हुन्।
_x000D__x000D_
सरकारले विधेयकमा कूटनीतिक राहदानीको परिभाषामा ‘सरकारी कामको सिलसिलामा विदेश भ्रमणमा जाने तोकिए बमोजिमका पदाधिकारीलाई सम्बन्धित मन्त्रालय, संवैधानिक निकाय वा सचिवालयबाट मनोनयन भई निर्णयसहित लेखी आएमा विभागले कूटनीतिक राहदानी जारी गर्नेछ’ भन्ने व्यवस्था उल्लेख गरेको थियो।
_x000D__x000D_
तर, सांसदहरुले सरकारी कामको सिलसिलामा पछाडि ‘विशेष कामको लागि’ भन्ने अमूर्त शब्द राखेका छन्। संशोधनपछिको व्यवस्थाले संसद सचिवालयले कुनैपनि सांसदलाई विशेष कामका लागि भन्दै पत्र सिफारिस वा निर्णय गरेमात्र पनि रातो पासपोर्ट प्रयोग गर्न पाउने छ। यसअघि मनोनयन भई निर्णयसहित लेखी आउनुपर्ने व्यवस्था थियो। विधेयकमा विशेष कामको कुनै परिभाषा राखिएको छैन। परिभाषा राख्दा अप्ठारो हुने भएपछि सोबिना नै विधेयक पारित गरिएको हो।
_x000D__x000D_
नेपाली कांग्रेसका सांसदहरू दिलेन्द्रप्रसाद बडु, दिव्यमणि राजभण्डारीले संघीय संसदका सांसद पदमा रहँदा जुनसुकै सिलसिलामा विदेश भ्रमणमा जाँदा पनि रातो पासपोर्ट प्रयोग गर्नसक्ने गरी व्यवस्था गर्न संशोधन हालेका थिए।
_x000D__x000D_
उनीहरूको संशोधन हुबहु स्वीकृत नभए पनि सिमितिले सांसदहरूलाई विशेष कामको नाममा निजी कामका लागि विदेश जाँदासमेत रातो पासपोर्ट प्रयोगको बाटो खुल्ने गरी व्यवस्था राखेका थिए।
_x000D__x000D_
नेमकिपाका सांसद प्रेम सुवालले जुनसुकै पदमा रहेका व्यक्ति पनि निजी कामका लागि विदेश भ्रमणमा जाँदा व्यक्तिगत राहदानी प्रयोग गर्नुपर्ने संशोधन हालेका थिए। उनको संशोधन पनि अस्वीकृत भएको थियो।
_x000D__x000D_
सांसदहरूले अहिलेसम्म निजी कामका सिलसिलामा समेत रातो पासपोर्ट प्रयोग गर्ने गरेका छन्। संघीय संसद सचिवालयले पछिल्लो समय रातो पासपोर्टको सिफारिसमा कडाइ गरेको थियो।
_x000D__x000D_
परराष्ट्र मन्त्रालयको आग्रहमा संसद सचिवालयले प्रयोजन खोज्दै रातो पासपोर्ट सिफारिसमा कडाइ गरेकोमा सांसदहरू असन्तुष्ट थिए। त्यसमाथि सरकारले कानुनमै रातो पासपोर्टमा कडाइ गर्न खोजेपछि कतिपय सांसद एकजुट भएर संशोधनका लागि तम्सिएका थिए।
_x000D__x000D_
प्रतिनिधिसभाबाट समिति हुँदै पारित भएकाले राष्ट्रियसभामा पेस भएर उक्त विधेयक सिधै पास हुने देखिन्छ। राष्ट्रियसभाबाट पारित भए लगत्तै राष्ट्रपतिले प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित भएपछि लागू हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।