नेपाली कांग्रेस निकट भातृसंस्था नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन असोज ७ गतेदेखि हुने कार्यतालिका सार्वजनिक भएको थियो। तर, नेविसंघ केन्द्रीय कार्यसमितिले सर्वसम्मत पास गरेको विधान कांग्रेस केन्द्रीय कार्यसमितिले पारित नगर्दा महाधिवेशन प्रभावित भएको नेविसंघका केही नेताको आरोप छ। कांग्रेस निर्देशक समिति विभिन्न बाहनामा नेविसंघ विघटन गराउने दिशामा केन्द्रित भएको कतिपय नेताको तर्क छ। नेविसंघमा देखिएका पछिल्ला घटनाक्रमबारे महामन्त्री कुन्दन काफ्लेसँग नेपाल लाइभकी पुष्पा केसीले गरेको अन्तर्वार्तामा आधारित आलेखः
_x000D__x000D_
नेविसंघ केन्द्रीय कार्यसमितिले विधान सर्वसम्मत पास गरेर नेपाली कांग्रेसलाई पठायो। तर, पार्टीले विधान पास गर्न गाह्रो मानेको छ। नेविसंघभित्र आफैले विधान बनाउने विधि छ। ११औं महाधिवेशनमा बन्दसत्र नै नगरी नयाँ नेतृत्व ल्याइयो। ११औं महाधिवेशन विधिवत् भन्दा सर्वपक्षीय सम्मेलनजस्तो भयो। हामीले विधानपछि मात्र यो कुरा अनुभव गर्न पायौं।
_x000D__x000D_
बिपी कोइरालाले ००७ सालको आन्दोलनपछि संविधान सभाको आवाज उठाउनु भएको थियो, संविधान बनाउन। ०६२÷०६३ को आन्दोलनबाट त्यसले पूर्णता पायो। नेविसंघले सर्वसम्मत पास गरेको विधानलाई अहिले मातृ पार्टी नेपाली कांग्रेसले अल्मल्याई रहेको छ। मातृपार्टी र नेविसंघकै वर्तमान नेतृत्वले समेत अझै पनि विधि, प्रक्रियाबाट संस्था चलाउन खोजिएको देखिँदैंन।
_x000D__x000D_
नेविसंघले सर्वसम्मत पारित गरी पठाएको विधान पार्टीले रोक्दा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाउन हामीलाई अप्ठ्यारो छ। विधान रोकेर कांग्रेसको निर्देशक समिति अधिवेशन विमुख देखिएको छ।
_x000D__x000D_
कांग्रेसको निर्देशक समिति वर्तमान नेतृत्वलाई अल्मल्याएर नेविसंघ विघटन गर्न लागेको छ। महाधिवेशन गर्न दिइरहेको छैन। आन्तरिक विवाद भन्दै कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेको छैन। नेविसंघको अस्मिता, आकर्षण, पहिचान र हाम्रो छविमाथि प्रश्न चिन्ह लगाउन निर्देशक समितिमार्फत् नेविसंघको विधान पार्टीले रोकेको छ।
_x000D__x000D_
देशको संविधान जनताले गराउनु पर्छ भनेर कांग्रेस लागेको हैन? यस्तो पार्टीले नेविसंघकै विधान लागू नगर्ने? निर्देशक समिति नेविसंघको आकांक्षा बुझ्न चाहन्न। नेविसंघ खल्तीबाट सञ्चालन गर्ने प्रयासमा निर्देशक समिति छ। नेविसंघलाई मेरो र तेरो नाममा भागबन्डा गर्न खोजिदैंछ।
_x000D__x000D_
फलानो दाई, दिदी, वा फलानो भाउजुको मान्छेले नेविसंघको अध्ययक्ष जित्छ भनेर निर्धारण गरिदैंछ। भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अबको चुनावमा कांग्रेसले जित्नेभयो, अहिले दुई तिहाई छँदैंछ, समय थप गरेर अब एक वर्षपछि निर्वाचन गरौं’ भन्दा नेपाली कांग्रेसले मान्छ? नेपाली कांग्रेस जनतामा जानुपर्छ कि पर्दैन? त्यसैले नेपाली कांग्रेसको निर्देशक समितिमा रहेका अग्रजले यस्तो काम गर्दा हामी विद्यार्थीको माझमा जानुपर्ने वर्तमान समयको आवश्यकता छ।
_x000D__x000D_
नेविसंघलाई यो र त्यो बहानामा उहाँहरु रद्दिको टोकरीमा फाल्न चाहनुहुन्छ। गाह्रो परेको बेलामा पो पार्टीले सहकार्य गर्ने हो। नेविसंघले सर्वसम्मत गरेको विधानलाई पार्टीले अड्काउन मिल्छ?
_x000D_नेविसंघभित्र सबै मिलेको छ। एकदम राम्रो छ पनि भन्दिन म। हामीभित्र समस्या छन्। त्यो कुरा मुख्य विषयवस्तु होइन। निर्देशक समिति विधान रोकेर नेविसंघलाई प्राइभेट लिमिटेड बनाउन उद्धत छ। निर्देशक समितिका केही व्यक्तिले केही विषयमा चित्त नबुझ्ने बित्तिकै जे गर्न नि पाइन्छ? निर्देशक समिति नेविसंघको नियमित अधिवेशनको पक्षमा छैन। नेविसंघलाई आफूमाथि चढ्ने बैशाखीको रुपमा प्रयोग गर्ने कोशिसमा नेताहरु छन्। त्यसविरुद्ध हामी लाग्नैपर्ने अवस्था आएकोे छ।
_x000D__x000D_
२४ जिल्लामा अहिले नेविसंघ अधिवेशनको दिशामा अगाडि बढेको छ। ११औं महाधिवेशनले विवादित भनेर घोषणा गरेका ११ जिल्ला छन्। केन्द्रीय समितिले विवादित नभनेको तर स्थानीय रुपमा विवादित १२ जिल्ला छन्। जति जिल्लामा विवाद छैन ती जिल्लामा प्रक्रिया सुरु भएको छ। जहाँ विवाद देखिएको छ, ती जिल्लामा पार्टीले विधान नदिएका कारण निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन्।
_x000D__x000D_
पार्टीले त नेविसंघभित्रको समस्या मिलाउने हो। मिलेको समस्यामाथि चलखेल गर्ने? नेविसंघको १२औं महाधिवेशन गर्न सबै आ–आफ्नो ठाउँबाट इमान्दार ढङ्गले लाग्नुपर्छ। यी विषय पार्टी सभापति र नेतृत्वलाई हामीले भनेका छौं। समस्या समाधान भएन भने नेविसंघमा ठूलो दुर्घटना हुन्छ। यो दुर्घटनाको जिम्मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सानेपाले लिनुपर्दछ।
_x000D__x000D_
यस्तै हो भने कांग्रेस र नेविसंघमा महाधिवेशन गर्नकै लागि द्वन्द्व चर्किन सक्छ। नेविसंघको महाधिवेशनमा कोही नेता छुट्नु होला तर हामी चुनाव जसरी भएपनि गर्छौ। नेविसंघ विधानअनुसार चल्नुपर्छ भन्ने मेरो सुरुदेखिकै मान्यता हो। विधान बाहिर कोही जान खोज्छ भने म त्यसको समर्थन गर्दिन। त्यसलाई बाहिर द्वन्द्व भनेर परिभाषित गरिन्छ, त्यो गलत हो। तर, अहिले नेविसंघभित्र दुई वटा गुट छ। एउटा महाधिवेशनको पक्षधर अर्को महाधिवेशनको विपक्षी।
_x000D__x000D_
वर्तमान अवस्थामा मैले महाधिवेशनको पक्षधर गुटको नेतृत्व गरिरहेको छु। जीत पनि यही पक्षधरकै हुने निश्चित छ। मेरो गुट स्थायी छैन, अस्थायी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।