काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मुलुकभरका फुटसल क्लबहरूलाई व्यवस्थित गर्ने गृहकार्य सुरु गरेको छ ।
_x000D__x000D_
अहिले रहेका फुटसल क्लबहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएकाले तिनीहरूलाई मापदण्डमा ल्याएर व्यवस्थित बनाउन एन्फाले विशेष योजना बनाउन लागेको एन्फाद्वारा गठित फुटसल समितिका संयोजक एवं एन्फा केन्द्रीय सदस्य दाबा लामाले बताए।
_x000D__x000D_
संयोजक लामाले आज सूचना प्रकाशित गरी निकट भविष्यमा विभिन्न कार्यक्रम बनाई राष्ट्रिय तथा तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालनका साथै अन्तर्राष्ट्रिय सहभागितामा समेत मुलुकभर रहेका सबै फुटसल क्लबहरूसँग सल्लाह सुझाव र परामर्श लिई फुटसलका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिए।
_x000D__x000D_
“सबै फुटसल सञ्चालकसँग परामर्श गरिरहेको छु, उहाँहरूले सल्लाहअनुसार फुटसलको सूचीकृत गरी यसलाई व्यवस्थित बनाउँछु,” संयोजक लामाले भने । हाल मुलुकभर ११५ वटा फुटसल सेन्टर सञ्चालनमा रहेको बताइएको छ । अहिले दैनिक व्यायामका लागि मात्रै उपयोग हुँदै आएका फुटसल सेन्टरहरूलाई व्यवस्थित बनाई नेपालले पनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने एन्फाको लक्ष्य रहेको संयोजक लामाको भनाइ छ ।
_x000D__x000D_
लामाद्वारा प्रकाशित सूचनामा फुटसल समितिमा आफ्नो फुटसल सेन्टरबारे सबै जानकारी गराउन आग्रह पनि गरिएको छ । २० दिनभित्र फुटसल सेन्टरको सूची तयार भएपछि सञ्चालक तथा फुटसल क्लबका प्रतिनिधिसँग पनि छलफल हुनेछ । रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।