धनगढी- कैलालीको घोडाघोडी ताल क्षेत्रमा बुधबार अन्दाजी ५६ किलोग्राम ताैल भएको अजिंगर छोडिएको छ। घोडाघोडी नगरपालिका वडा नम्बर ४ रामपुरबाट उद्धार गरी ल्याएको उक्त अजिंगर घोडाघोडी ताल क्षेत्रमा छोडिएको हो।
_x000D__x000D_
घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनराज शाही, वडा नम्बर ४ का अध्यक्ष टेक बहादुर बुढा, इलाका वन कार्यालय सुखडका ज्ञानु चौधरी,घोडाघोडी संरक्षण तथा जनजागरण मञ्चका अध्यक्ष दीपेन्द्रबहादुर शाही र इलाका प्रहरी कार्यालय सुखडका प्रतिनिधिको रोहोबरमा ताल क्षेत्रमा अजिंगर छोडिएको हो।
_x000D__x000D_
मंगलबार साझँ घोडाघोडी नगरपालिका वडा नम्बर ४ रामपुरका स्थानीयबासी सिताराम चौधरीले च्याउ खोज्ने क्रममा श्रीराम सामुदायिक वनमा उक्त अजिंगर देखेका थिए। अजिंगर देखेपछि चौधरीले श्री राम सामुदायिक वन उपभोक्ता समितिका सचिव मंगल चौधरीलाई खबर गरेका थिए।
_x000D__x000D_
सचिव मंगल चौधरीले इलाका वन कार्यालय सुखडमा खबर गरेपछि वन कार्यालयको टोलीले उक्त अजिंगर नियन्त्रणमा लिएको थियो।
_x000D__x000D_
बेला-बेलामा घोडाघोडी नगरपालिकाका विभिन्न क्षेत्रमा अजिंगर देखिने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।