काठमाडौं– नेपाल राष्ट्र बैंकले सरकारी बैंकबाट नयाँ नोट पाइने शाखा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले २१ गतेबाट दशैंका लागि नयाँ नोट वितरण गर्दैछ।
_x000D__x000D_
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगडी कार्यालयबाट नयाँ नोट पाइने जनाइएको छ। साथै सरकारी बैंक नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयबाट नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ।
_x000D__x000D_
नयाँ नोट नेपाल बैंकको न्यरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखा कार्यालयबाट साट्न पाइन्छ। त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, कलंकी र बालाजुबाट साट्न सकिन्छ।
_x000D__x000D_
त्यस्तै अर्को सरकारी बैंक कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु, मंगलबजारका शाखा कार्यालयबाट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ।
_x000D_सर्वसाधारणले प्रतिव्यक्ति २७ हजार रुपैयाँका दरले नयाँ नोट पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।