काठमाडौं– मंगलबार एक्कासि उचालिएको सेयर बजारमा बुधबार ब्रेक लागेको छ। बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा गिरावट आएको छ।
_x000D__x000D_
नेप्से परिसूचक २ दशमलब ३१ अंकले घटेर १२ सय ७७ दशमलब ७४ बिन्दुमा आइपुगेको छ। क वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब ५० अंकले घटेर २ सय ७१ दशमलब ७२ को बिन्दुमा आइपुगेको छ।
_x000D__x000D_
बुधबार १ सय ७१ कम्पनीको ९१ करोड ४६ लाख ५६ हजार ८ सय ८४ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जबकी मंगलबार करिब सवा १ अर्ब रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएका थिए।
_x000D__x000D_
बुधबार कारोबारमा आएका अन्य र जीवन बीमा समूहबाहेक कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ। जीवन बीमा समूह ३० दशमलब ४८ अंकले बढेको छ। त्यस्तै अन्य समूह शून्य दशमलब ६८ अंकले बढेको छ।
_x000D__x000D_
यता सर्वाधिक गुमाउनेमा निर्जीवन बीमा समूहअन्तर्गतका लगानीकर्ता रहेका छन्। समूहको सेयर मूल्य २४ दशमलब २७ अंकले घटेको छ।
_x000D__x000D_
सर्वाधिक कारोबार हुने १० कम्पनीमा ८ वाणिज्य बैंक समूह अन्तर्गतका बैंक रहेका छन्। सर्वाधिक कुमारी बैंकको ६ करोड २७ लाख ८४ हजार ५ सय ८० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै एनएमबी बैंकको ६ करोड ६ लाख ९६ हजार १९ रुपैयाँ बारबरको सेयर कारोबार भएको छ।
_x000D__x000D_
बुधबार सर्वाधिक कमाउनेमा समता माइक्रोफाइनान्स वित्तीय संस्थाअन्तर्गतका लगानीकर्ता रहेका छन्। संस्थाको सेयर मूल्य प्रतिकित्ता १ सय २० रुपैयाँले बढेर १३ सय २९ रुपैयाँमा कारोबार रोकिएको छ। त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले प्रतिकित्ता ८ रुपैयाँ कमाएका छन्।
_x000D__x000D_
यता सर्वाधिक गुमाउनेमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकअन्तर्गतका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८ रुपैयाँले घटेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।