काठमाडौं– सरकारले गत जेठ २ गतेदेखि मलेसिया जाने कामदारको श्रम स्वीकृति बन्द गर्यो। मलेसिया र नेपालबीच सरकारीस्तरमै श्रम सम्झौता गरी कामदार लैजाने प्रक्रिया चलिरहेको छ।
_x000D__x000D_
त्यसयता ४ महिनाको अवधिमा करिब ४ हजार नेपाली मलेसिया पुगेका छन्।
_x000D__x000D_
बैसाख अन्तिमसम्म प्रक्रिया पूरा गरेर जान बाँकी कामदार यो अवधिमा गएका विभागले जनाएको छ।
_x000D__x000D_
वैदेशिक रोजगार व्यवसायीहरूले साउन र भदौ महिनामा १ हजार ८ सय ५३ जना कामदारलाई श्रम स्वीकृति लिएरै मलेसिया पठाएका छन्।
_x000D__x000D_
साउनमा मात्रै ३ सय ७२ जना मलेसिया गएको विभागको तथ्यांकमा उल्लेख छ। जेठदेखि यता मलेसिया जानेको संख्या करिब ४ हजार पुगेको छ।
_x000D__x000D_
मलेसियामा रोजगारी बन्द हुँदा साउदी जाने कामदारको संख्यामा उल्लेख्य वृद्धि भएको छ। चालू आर्थिक वर्षको हालसम्म बहराइन, ओमन, कुवेत र जोर्डनमा बढी संख्यामा नेपाली रोजगारीका लागि गएका छन्।
_x000D__x000D_
साउन र भदौ महिनामा साढे ६७ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन्। यसमा महिलाको संख्या ४ हजार ७ सय ५५ जना छ।
_x000D__x000D_
भदौ महिनामा व्यक्तिगत र संस्थागत श्रम स्वीकृति लिएर ३१ हजार ४ सय ८८ जना नेपाली कामदार विभिन्न देश पुगेका छन्। व्यक्तिगत मात्रै ६ सय ५७ जना छन्।
_x000D__x000D_
गत साउन महिनाको तुलनामा भने संस्थागत र रि–इन्ट्री दुवैतर्फ श्रम स्विकृति लिएको कामदारको संख्या घटेको तथ्यांकले देखाउँछ।
_x000D__x000D_
साउनमा १८ हजार ५ सय ५९ जनाले संस्थागत श्रम स्विकृति लिएका थिए भने १५ हजार २ सय ३९ जनाले पुनः श्रम स्विकृति लिए। साउनको तुलनामा भदौमा वैदेशिक रोजगारीमा जाने ४ हजार ६ सय ७५ जनाले कम छन्।
_x000D__x000D_
यो दुई महिना अवधिमा सबैभन्दा धेरै नेपाली कतार पुगेका छन्। यो अवधिका १३ हजार ८ सय ११ जना श्रम स्वीकृति लिएर कतार पुगेको विभागको तथ्यांकमा छ। कतारपछि नेपाली युवाको रोजाइ युएई परेको छ। युएईमा ७ हजार ९ सय ८२ जना, साउदीमा ४ हजार ७ सय ९७ जना रोजगारीका लागि पुगेका छन्।
_x000D__x000D_
चाडपर्वको समय भएकाले वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आएका वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवप्रसाद रिजाल बताउँछन्। अब विदेश जानेभन्दा विदेशबाट घर फर्किने कामदारको संख्यामा वृद्धि हुने उनको भनाइ छ।
_x000D__x000D_
अदक्षकै भर
_x000D_नेपालको अर्थतन्त्रका लागि लाइफलाइन मानिएको वैदेशिक रोजगार आम्दानीका हिसाबले भने तुलनात्मक रुपमा अन्य मुलुकभन्दा कमजोर छ। भदौमा विदेशिएकाहरुको तथ्यांकलाई विश्लेषण गर्दा सबैभन्दा ठूलो संख्या अदक्ष कामदारकै रहेको छ।
_x000D__x000D_
यो एक महिनामा बाहिर गएकामध्ये १८ हजार ६० जना कामदार अदक्ष छन्। यसैगरी १० हजार ८ सय ५७ जना सिपमूलक काममा गएका छन् भने २ हजार ५ सय १५ जना अर्धदक्ष रुपमा गएको विभागले जनाएको छ। दक्ष काममा जाने ३३ जना मात्र छन् भने उच्च दक्ष कामदार २३ जना रहेका छन्। 'यद्यपि सिपमूलक काममा गएकाहरुको संख्या तुलनात्मक रुपमा केही राम्रो देखिए पनि एउटा मागपत्रमा पठाउने र गन्तव्य मुलुकमा पुगिसकेपछि अर्कै रोजगारीमा लगाउने समस्या चर्को छ,' वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवप्रसाद रिजालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।