म्यानचेस्टर– इंग्ल्यान्डको इएफएल कपमा म्यानचेस्टर युनाइटेड तेस्रो चरणबाटै बाहिरिएको छ। मंगलबार अबेर राति सकिएको खेलमा म्यानचेस्टरलाई दोस्रो डिभिजनको क्लब डर्बीले पेनाल्टी सुटआउटमा ८–७ गोलले पराजित गरेको हो। म्यानचेस्टरका लागि आठौं पेनाल्टी प्रहार गर्न आएका फिल जोन्सको प्रहारलाई डर्बीका गोलकिपले विफल पारेका थिए।
_x000D__x000D_
त्यसअघि निर्धारित र थप समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो। खेलको दोस्रो मिनेटमै जुवान माटाले गोल गरेर म्यानचेस्टरलाई सुरुवाती अग्रता दिलाए। डर्बीका लागि विल्सनले ५९ मिनेटमा बराबरी गोल फर्काए।
_x000D__x000D_
६७ मिनेटमा गोलकिपर सर्जियो रोमेरो रातो कार्ड पाउदै मैदान बाहिर जादा म्यानचेस्टर १० खेलाडीमा सीमित बन्यो। ८५ मिनेटमा मरिओटले गोल गरेर डर्बीलाई अग्रता दिलाए। तर दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा फेलाइनीले गोल गर्दै म्यानचेस्टरलाई खेलमा फर्काएका थिए।
_x000D__x000D_
यता म्यानचेस्टर सिटीले अक्फोर्ड युनाइटेडलाई ३–० गोलले हराएको छ। सिटीका लागि ग्राबियल जेससले ३६, महारेजले ७८ र फोडेनले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गरे।
_x000D__x000D_
_x000D__x000D_
अन्य खेलमा ब्याकपुलले क्युपिआरलाई २–०, बर्नमाउथले ब्याकवर्नलाई ३–२, वर्टनले वर्नलीलाई २–१, फुलह्यामले मिनवाललाई ३–१, क्रिस्टल प्यालेसलले वेस्ट ब्रुमलाई ३–० गोलले पराजित गरेका छन्। लेस्टरले वुल्भ्सलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।