काठमाडौं- संयुक्त राष्ट्रसंघको ७३औं महासभालाई सम्बोधन गर्दैै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार युद्ध जारी रहने ंसंकेत गरेका छन्। पछिल्लो समय चीन र अमेरिकाबीच व्यापार युद्धले चरम रुप लिँदै गएको परिपेक्ष्यमा राष्ट्रपति ट्रम्पले व्यापार युद्ध चाँडै नसकिने संकेत गरेका हुन्।
_x000D__x000D_
महासभाको उच्चस्तरीय सम्मेलनमा सम्बोधन गर्दै ट्रम्पले कुनै पनि राष्ट्रसँगको असमान व्यापार आफूले नसहने बताए। चीनको नाम उल्लेख नगरेका टम्पले अमेरिकाले आर्थिक अभियान सञ्चालन गरेको बताएका छन्। अमेरिकाले खुला बजारका नियमअनुसार लामो समय व्यापार गरेको बताउँदै विश्वका सबै देशलाई अमेरिकामा व्यापार गर्न छुट दिएको बताए।
_x000D__x000D_
तर, अरु देशले अमेरिकालाई पारस्परिक हिसाबमा व्यापार गर्न नदिएको उनको आरोप रहेको छ। व्यापारमा पारस्परिक रुपमा समान व्यवहार नहुँदा अमेरिकाको वार्षिक व्यापार घाटा ८ खर्ब अमेरिकी डलर पुगेको बताउँदै उनले यसलाई कम गर्न आफू लागी परेको बताएका छन्।
_x000D__x000D_
इरानलाई निशस्त्रीकरण गर्न आउँदो नोभेम्बर ५ देखि इरानमाथि थप नाकाबन्दी लाउने तयारी गरिएको उनले बताए। इरानसँग द्विपक्षीय सम्बन्ध विस्तार गर्ने देशसँग अमेरिका कठोर रुपमा प्रस्तुत हुने गरेको छ। अमेरिकी विदेश सचिव निकी हेले केही समयअघि छिमेकी देश भारतमा आई इरानसँगको सम्बन्धमा पुनर्विचार गर्न चेतवनी दिएर गएकी थिइन्।
_x000D__x000D_
सम्बोधन कै क्रममा टम्पले उत्तर कोरियालाई निशस्त्रीकरण गर्ने प्रक्रियामा सहयोग गरेको भन्दै चीनका राष्ट्रपति सि जिङफिङ, जापानका प्रधानमन्त्री सिन्जो आबे र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनको प्रशंसा गरेका छन्। उत्तर कोरियामाथि अमेरिकाले लगाउँदै आएको नाकाबन्दी भने अझै केही समय जारी रहने उनले स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।