काठमाडौं- संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा सहभागी हुन न्यूयोर्कमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट भएको छ।
_x000D__x000D_
महासभामा सहभागी सम्पूर्ण देशका उच्चस्तरीय प्रतिनिधिको सम्मानमा आयोजना भएको रात्रीभोज कार्यक्रमका अवसरमा ओली र ट्रम्पबीच भेटवार्ता भएको महासभामा सहभागी परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ।
_x000D__x000D_
राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्पले आयोजना गरेको रात्रीभोज कार्यक्रममा प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्री पत्नी राधिका शाक्य र नेपालका अन्य विरिष्ठ व्यक्तित्वको पनि सहभागिता रहेको थियो। महासभामा उच्चस्तरीय छलफल हुनु भन्दा अघिल्लो दिन रात्रीभोजको आयोजना भएको हो।
_x000D__x000D_
महासभालाई अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार सम्बोधन गर्ने कार्यक्रम छ। यस्तै नेपालका प्रधानमन्त्री ओलीको सम्बोधन असोज ११ गते हुने कार्यक्रम छ।
_x000D__x000D_
महासभापछि प्रधानमन्त्री ओलीले उत्तर अमेरिकी राष्ट्र कोस्टारिका भ्रमण गर्ने कार्यक्रम छ।
_x000D__x000D_
प्रधानमन्त्री ओली असोज १७ गते नेपाल फर्किनेछन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।