काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या प्रकरणमा एसपी डिल्लीराज विष्ट र उनका छोराका बारेमा अनुसन्धान भइरहेकाले दोषी देखिए कसैलाई पनि नछाड्ने बताएका छन्।
_x000D__x000D_
‘जनतालाई उनीहरु दोषी लागेको होला तर त्यो अनुसन्धानबाट पुष्टि भएपछि मात्र हिरासतमा राख्न पाइन्छ,’ राष्ट्रियसभा बैठकमा बोल्दै उनले भने, ‘हाल उनलाई निलम्बन गरिएको छ, छोरामाथि पनि छानबिन भइरहेको छ।’ लापरबाही, प्रमाण मेटाउन र अनुसन्धानमा कमजोरी गर्ने कसैलाई छुट दिन नसकिने भन्दै गृहमन्त्री थापाले दोषीलाई कानुनी कठघरामा उभ्याइने बताए।
_x000D__x000D_
_x000D__x000D_
तत्कालीन अवस्थामा सुरक्षामा खटिएका अधिकारीको गल्तीका कारण अनुसन्धानमा ढिला भएको भन्दै सरकारको बचाउ पनि गरे। ‘साउन १० गतेदेखि हालसम्म सरकारले आफ्नो रुपमा जोड लगाएको छ, पछिल्लो अवस्था भनेको छानबिन समितिको प्रतिवेदन प्राप्त भएको छ,’ गृहमन्त्री थापाले भने, ‘केहीअघि प्रारम्भिक प्रतिवेदन प्राप्त भएको थियो, त्यसैका आधारमा विस्तृत छानबिन भइरहेको छ।'
_x000D_
_x000D_गृहमन्त्री थापाले घटना हुँदा खटिएका प्रहरी अधिकृत र उक्त प्रकरणमा संलग्न प्रहरीको गैरजिम्मेवारीपनका कारण यस्तो भइरहेको बताए। उच्चस्तरीय समितिको प्रतिवेदन अनुसार अनुसन्धान तीव्र बनाइएको भन्दै गृहमन्त्री थापाले सत्यतथ्य चाँडै बाहिर आउने दाबी गरे।
_x000D__x000D_
‘अब कानुनी कठघरामा उभ्याउन हामी सफल हुन्छौं। सरकार अपराधीलाई उम्कन नदिने पक्षमा छ,’ उनले भने।
_x000D__x000D_
हरेक दिन नेपाली निर्मला विदेशवाट बलात्कृत भएर नेपाल फर्कन बाध्य भएको भन्दै उनले त्यसलाई रोक्न पनि सरकार लागिपरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।