काठमाडौं- निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित समितिले मंगलबार गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ। कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई मंगलबार प्रतिवदेन बुझाएको हो। कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टले गम्भीर गल्ती गरेको भन्दै अनुसन्धान समितिले प्रतिवेदन बुझाएको छ।
_x000D__x000D_
प्रतिवेदनमा प्रहरीको गल्ती/कमजोरी लगायतका कुरा औंल्याइएको छ। प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनमा उल्लेख भएका कुरा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। प्रतिवेदनमा मुख्य गल्ती एसपी विष्टकै भएको बताइएको छ। गृह स्रोतले दिएको जानकारीअनुसार एसपी विष्टले घटना हुनु अघिदेखि गोली चलाउँदासम्म त्रुटि गरेको औंल्याएको छ।
_x000D__x000D_
यस्ता छन् एसपी विष्टलाई लागेका आरोप
_x000D__x000D_
क) घटनाको जानकारी हुनासाथ प्रहरी परिचालन नगरेको
_x000D_साउन १० गते निर्मला पन्त हराउने बित्तिकै परिवारले प्रहरीलाई खबर गरेका थिए। तर प्रहरीले परिवारको कुरा नसुेनको र उनको खोजीमा प्रहरी परिचालन नभएकाले एसपी विष्टको गल्ती कमजोरी औंंल्याइएको छ। हराएको भन्ने बित्तिकै प्रहरी परिचालन भएको भए यस्तो घटना हुन नसक्ने बताइएको छ।
_x000D__x000D_
ख) घटनास्थलमा नगएको
_x000D_बलात्कारपछि हत्या जस्तो जघन्य अपराध हुँदा र प्रहरीको तीव्र आलोचना हुँदासमेत विष्ट घटनास्थल नगएको प्रतिवेदनमा उल्लेख गरिएको छ। एसपी विष्टले उदासिनता देखाएको आरोप प्रतिवेदनमा लगाइएको छ।
_x000D__x000D_
ग) प्रमाण नष्ट गराउने काम
_x000D_घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान गर्नु पर्नेमा लाश धोएको, सुरुवाल धोएकोलगायत घटनास्थलका प्रमाण मेटाउने काम भएकाले एसपी विष्ट त्यसमा पनि चुकेको बताइएको छ। सकेसम्म आफू नै जानुपर्ने वा आफू जान नसकेको अवस्थामा पनि प्रमाण जोगाउन नसककेकाले उनले गम्भीर लापरबाही गरेको प्रतिवेदनमा उल्लेख।
_x000D__x000D_
घ) स्थानीयबासीसँग गलत व्यवहार
_x000D_त्यस्तै एसपी विष्टले पीडित परिवार, स्थानीयबासी, स्थानीय राजनीतिक दलका नेतासँग पनि रुखो व्यवहार गर्ने गरेको आरोप प्रतिवेदनमा उल्लेख छ। उनकै व्यवहारका कारण आन्दोलन चर्किन मद्दत पुगेको समितिको निष्कर्ष छ।
_x000D__x000D_
ङ) बिना आदेश गोली चलाउनु
_x000D_पन्तको बलात्कारपछि हत्या हुनु र लामो समयसम्म पनि बलात्कार पक्राउ पर्न सकेका थिएनन्। हत्यारालाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै आन्दोलन चर्किदै गएको थियो। आन्दोलनका क्रममा एसपी विष्टले गोली चलाउन आदेश दिएका थिए। प्रहरीको गोली लागेर केही आन्दोलनकारी घाइते भए। यसमा पनि एसपी विष्टले गम्भीर गल्ती गरेको पाइएको छ।
_x000D__x000D_
उनले तत्कालीन प्रजिअ कुमारबहादुर खड्काको अनुमति बिना नै गोली चलाएको प्रतिवेदनमा उल्लेख छ। समितिले प्रजिअसँग सोधपुछ पनि गरेको छ। आफूले एसपी विष्टलाई पटक-पटक फोन गर्दा पनि नउठाएको र गोली नचलाउनु होला भनेर म्यासेज पठाएकाे भएपनि गोली चलाएको प्रजिअले बताएको कुरा प्रतिवेदनमा उल्लेख छ।
_x000D__x000D_
एसपी विष्टले भने प्रहरी कर्मचारी नै असुरक्षित भएको देखेपछि गोली चलाउन आदेश दिएको बताएका छन्। एसपी विष्ट लगायत अन्य प्रहरी अधिकारीले पनि गल्ती कमजोरी गरेको प्रतिवेदनमा उल्लेख छ।
_x000D__x000D_
समितिले गृहलाई बुझाएको यो प्रतिवेदन एआइजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान समितिलाई बुझाउने गृह स्रोतले जानकारी दियो। एसपी विष्टलाई लागेको आरोप पुष्टि भए उनको जागिर नै जानसक्ने गृह स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 'अन्य प्रहरी अधिकारीबाट पनि गल्ती भएको देखिएको छ। मुख्य गल्ति चाहिँ एसपी विष्टकै देखिन्छ, एसपी विष्टलाई लागेको आरोप पुष्टि भए जागिर पनि जान सक्छ’ गृह स्रोतले भन्यो।
_x000D__x000D_
समितिले यसबारे स्थानीय, पीडित परिवार, एसपी विष्टका चालक, घटनास्थलमा पुगेका तल्लो दर्जाका प्रहरी कर्मचारीलगायतसँग बयान लिएको छ।
_x000D__x000D_
त्यसैगरी डिएनए परीक्षणबाट निर्दोष देखिएका दीलिप विष्टलाई प्रहरीले यातना दिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। मानसिक सन्तुलन ठीक नभएका भनिएका विष्ट प्रहरीको यातनाबाट थप बिरामी भएको भन्दै विष्टका दाजुले प्रहरीसमक्ष निवेदन दिएका छन्। समितिले पनि यातना दिएको ठहर गरेको छ। प्रहरीको यातनाबाट थप बिरामी परेका भनिएका विष्टको उपचार सरकारले गर्ने भएको छ।
_x000D__x000D_
समितिले बुझाएको प्रतिवेदन गृहले गोप्य राखेको छ। प्रतिवेदन अहिले नै बाहिर ल्याउँदा अपराधी उम्कन सक्ने भन्दै अहिले नै सार्वजनिक नगरिएको गृह मन्त्रालयका सचिव प्रेम राईले जानकारी दिए। प्रतिवेदन १ सय पृष्ठ भन्दा लामो भएको बताइए पनि गृहले यसबारे समेटिएका कुरा अहिले नै सार्वजनिक गर्न नमिल्ने बताएको छ। त्यसैगरी अहिले अनुसन्धानमा खटिएको प्रहरी टोली अनुसन्धानको दायरा फराकिलो पार्दै सेना ब्यारेकसम्म पुगेको बताइएको छ।
_x000D__x000D_
छानबिनमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका समिति सदस्य वीरेन्द्र केसीले अनुसन्धानमा देखिएका सबै विषय उल्लेख गरिएकाले अाफू सन्तुष्ट रहेको बताएका छन्।
_x000D__x000D_
सहसचिव मैनाली नेतृत्वको समितिले गत भदौ ३० गते बुझाएको प्रारम्भिक प्रतिवेदनको सिफारिसअनुसार गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षकहरू ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षकहरू जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो। यसअघि नै एसपी डिल्लीराज विष्ट भने निलम्बनमा परिसकेका थिए।
_x000D__x000D_
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा गत साउन ११ गते शव भेटिएको थियो। घटनाको दोषी अझै पत्ता लाग्न सकेको छैन।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।