धनगढी- प्रदेश ७ को नाम 'सुदूरपश्चिम' र राजधानी कैलालीको 'गोदावरी' रहने गरी सिफारिस गरिएको छ।
_x000D__x000D_
प्रदेश नामांकन र स्थायी राजधानी निर्धारण गर्न गठित विषेश समितिले मंगलबार प्रदेशसभा बैठकमा प्रतिवेदन पेस गरेको हो। सर्वसम्मत समितिले नाममा टुंगो लगाएको हो।
_x000D__x000D_
नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको संयोजकत्वमा गठित समितिमा प्रदेशसभा सदस्य नेकपाकी चुनकुमारी चौधरी, प्रेमप्रकाश भट्ट, बलदेव रेग्मी र कांग्रेसका श्यामलाल रानाथारू छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।