काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट खरिद गरेर ल्याएको ‘वाई १२–ई’ सिरिज जहाजले पहिलो पटक लुक्लामा परीक्षण उडान गरेको छ।
_x000D__x000D_
नेपाल वायु सेवा निगमले सोमबार परीक्षण उडानको प्रयास गरे पनि मौसमका कारण सफल हुन सकेको थिएन। मौसमकै कारण रामेछापको विमानस्थलमा आकस्मिक अवतरण भएको थियो।
_x000D__x000D_
धैरे लामो समयपछि अन्तत: लुक्लामा वाई १२ जहाजको परीक्षण उडान गर्न सफल भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए। निगमले छिट्टै नियमित उडान गर्ने उनले दाबी गरे।
_x000D__x000D_
जहाजलाई प्रशिक्षक पाइलट आङनुरी शेर्पा र क्याप्टेन उद्धव घिमिरेले उडाएका थिए। साथमा निगमका पर्फमेन्स इन्जिनियर विशाल पौडेल, क्याप्टेन प्रशन्न राणा, कोपाइलटहरू राज रौनियार र महेशराज पाण्डे तथा क्याबिन क्रु प्रशान्त ओली थिए। नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू पनि परीक्षण उडानमा सहभागी थिए।
_x000D__x000D_
निगमसँग अहिले १८ सिट क्षमतामको ४ वटा वाई १२ जहाज छन्। त्यसमध्ये एउटा अनुदानमा र ३ वटा सफ्ट ऋणमा चीनसँग खरिद गरेको हो।
_x000D__x000D_
निगमको पहिलो वाई १२ जहाज २०७१ कात्तिक १७ गते नेपाल आइपुगेको थियो। चार वर्षअगाडि दुर्गम क्षेत्रमा हवाई सेवा विस्तारकै लागि भनेर चीन सरकारसँग ४ वटा वाई १२ र सुगम क्षेत्रको उडानका लागि २ वटा एमए ६० जहाज खरिद गर्ने निर्णय गरेको थियो।
_x000D__x000D_
जहाज खरिदमा सरकारको करिब ६ अर्ब खर्च भएको छ। तर, निगमसँग ४ वटा वाई १२ जहाज उडानका लागि ४ जना पाइलट मात्रै छन् भने अहिले एमए ६० र वाई १२ जहाज उडानका लागि भन्दै १२ जनालाई प्रशिक्षण दिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।