काठमाडौं– काठमाडौंको टोखाबाट ३ किलो सुनसहित २ जनालाई पक्राउ गरिएको छ।
_x000D__x000D_
महानगरीय प्रहरी परिसर, टेकुका अनुसार सोमबार साँझ टोखाबाट २ जनालाई शंका लागेर जाँच गर्दा उनीहरुकाे साथबाट तस्करी गरिएकाे ३ किलो सुन भेटिएको हो।
_x000D__x000D_
पक्राउ पर्ने रसुवाका पेम्बा लामा र नरबहादुर घले रहेको प्रहरीले जनाएको छ।
_x000D__x000D_
अवैध सुनसहित पक्राउ गरिएका उनीहरुबारे अनुसन्धान भइरहेको छ। पक्राउ पर्ने दुवैलाई आजै सार्वजनिक गरिने पनि महानगरीय प्रहरी परिसर, टेकुले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।