वैदेशिक रोजगारीमा जाने नेपाली कामदारकाे इतिहास धेरै छाेटाे छैन। वर्षौं पहिलेदेखि छिमेकी देश भारतलाई रोजगारीको प्रमुख गन्तव्य बनाउँदै आएका नेपाली कामदारहरु संसारभरि फैलिसकेका छन्। अहिले नेपाली कामदारको मुख्य आकर्षण भने खाडी मुलुक र मलेसिया रहँदै आएको छ।
_x000D__x000D_
पछिल्ला केही वर्षयता पुरुष सँगसँगै महिला कामदार पनि वैदेशिक रोजगारमा आकर्षित हुँदै गएका छन्। आव २०५०/०५१ भन्दा अगाडि महिलाहरु नगन्य रुपमा मात्र वैदेशिक रोजगारीमा जाने गरेको पाइन्थ्यो। नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुको तथ्यांक आव २०५०/०५१ बाट हस्तलिखित रुपमा राख्न थालिए पनि आव २०६३/०६४ बाट मात्र लैङ्गिक रुपमा राख्न थालिएको हो।
_x000D__x000D_
हाल नेपाली श्रमिकहरु नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विश्वका १७० देशमा गएका छन्। आव २०६३/०६४ देखि २०७४/०७५ को चैत महिनासम्म वैदेशिक रोजगारीमा गएका ४३ लाख २२ हजार २ सय ४१ जना नेपाली कामदारमध्ये १ लाख ९१ हजार ३ सय ९७ महिला छन्। महिला कामदार जाने प्रमुख गन्तव्यमा संयुक्त अरब इमिरेट्स, कुवेत, कतार, मलेसिया, इजरायल, ओमानलगायतका मुलुक पर्दछन्।
_x000D__x000D_
श्रम स्वीकृति नलिई अवैध ढंगबाट बाहिरिनेको संख्या निकै ठूलो रहेको तथ्यांक बेलाबेला सार्वजनिक हुनेगर्छ। वैदेशिक रोजगारीमा जाने कामदारको हकहितको लागि विभिन्न कानुनको परिधिभित्र रही श्रम स्वीकृति दिने गरिएको छ। तर खुला सीमाका भारत भएर जाने तथा काम गर्ने उद्देश्यले भिजिट भिषा लगाएर जानेहरुको संख्या ठूलो छ।
_x000D__x000D_
नेपालबाट घरेलु महिला कामदार विदेश पठाउन रोक लगाइएको अवस्थामा पनि खाडीमा नेपाली महिला घरेलु कामदार पुगिरहनुले अवैध रुपमा बाहिरिनेको संख्या ठूलो छ भन्ने पुष्टि हुन्छ।
_x000D__x000D_
घरेलु कामदारलाई संस्थागत रुपमा श्रम स्वीकृति दिने व्यवस्था पहिले थिएन। वैदैशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७२ ले श्रम स्वीकृतिको बाटो पनि खोलिदिएको थियो।
_x000D__x000D_
घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा जाने महिलाको लागि पुरुषको भन्दा केही फरक प्रावधान राखिएका छन्। उमेरको हद २४ वर्ष बनाइएको छ। २ वर्षभन्दा कम उमेरको बच्चा छोडेर जान नपाइने, ३०० अमेरिकी डलरभन्दा कममा काममा लगाउन नपाइने जस्ता प्रावधान राखिएका छन्। गन्तव्य देशको दूतावासले प्रमाणीकरण नगरी महिला कामदारलाई वैदेशिक रोजगारीमा लैजान नपाइने जस्ता प्रावधानले नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षामा विशेष चासो राखेको पाइन्छ।
_x000D__x000D_
_x000D_नेपालबाट रोक लगाइएको अवस्थामा पनि खाडीमा नेपाली महिला घरेलु कामदार पुगिरहनुले अवैध रुपमा बाहिरिनेको संख्या ठूलो छ भन्ने पुष्टि हुन्छ।
_x000D_
_x000D__x000D_
वैदेशिक रोजगारीमा जानु अगाडि प्रदान गरिने अभिमुखीकरण कार्यक्रममा पनि पुरुषलाई १० घण्टा र महिलालाई ११ घण्टा तालिम प्रदान गर्नुपर्ने व्यवस्था छ। पुरुषको तुलनामा यौनजन्य हिंसामा महिलाहरु बढी पर्ने कारणले पनि महिलालाई केही फरक व्यवस्था गर्नुपरेको हो।
_x000D__x000D_
वैदेशिक रोजगारीमा जाने महिलाहरु बेचिने, यौनदासीको रुपमा बन्धक बनाइने, बलात्कृत हुने, गर्भवती हुने जस्ता समस्या देखिन्छन्। त्यस्ता महिलालाई स्वदेश फर्काइए पनि परिवारले नस्वीकार्ने र झन् मानसिक हिंसामा पर्ने गरेको पाइन्छ।
_x000D__x000D_
आर्थिक अवस्था कमजोर भएका, घरपरिवारको एकल जिम्मेवारी भएका, घरेलु हिंसामा परेका महिला जसरी पनि विदेश जान पाए नेपालमा पाएको दुःखबाट उन्मुक्ति हुने थियो भन्ने सोचेर विदेश जान लागि पर्छन्। यस्ता महिलाहरु अरुको भनाइमा छिट्टै बहकिन्छन्, जसले गर्दा उनीहरु दलालको फन्दामा पर्ने, ठगिने र बेचिने सम्भावना बढी हुन्छ।
_x000D__x000D_
तुलनात्मक रुपमा वैदेशिक रोजगार विभागबाट इजाजत पाएका म्यानपावर कम्पनीबाट विदेश जाने महिलाभन्दा दलालको पछि लागेर भारतको बाटो हुँदै जाने, व्यक्तिगत श्रम स्वीकृति लिएर जाने, भिजिट वा अन्य भिसामा गएर लुकिछिपी काम गर्ने महिला बढी जोखिममा पर्ने गरेको पाइन्छ।
_x000D__x000D_
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार महिलाको संस्थागत श्रम स्वीकृति भन्दा व्यक्तिगत श्रम स्वीकृति बढी हुनु र विभागमा पर्ने उजुरीमा महिलाको संख्या अति नै न्यून हुनुले उनीहरु बेचबिखनमा पर्ने, बन्धक बनाइने तथा सम्पर्कविहीन रुपमा विदेशी भूमिमा आर्थिक, मानसिक तथा शारीरिक शोषणमा पर्ने गरेको देखाउँछ।
_x000D__x000D_
वैदेशिक रोजगारी महिलाको लागि अभिशाप नै भन्न भने मिल्दैन। आर्थिक अवस्था कमजोर भएका, घरेलु हिंसाको चपेटामा परेका, श्रीमान्ले छोडेर बालबच्चासहित बिचल्लीमा परेका कतिपय महिलाले वैदेशिक रोजगारीमा गई आफ्नो र बच्चाको जीवन धानेका छन्। आफू परदेशिएर घरमा भरथेग गर्ने महिलाका गर्विला कथाले वैदेशिक रोजगारीलाई महिलाको सशक्तीकरण तथा आत्मनिर्भरताको पक्षबाट हेर्न बाध्य बनाउँछ।
_x000D__x000D_
विशेषगरी घरेलु कामदारको रुपमा नेपाली महिलाको बढी माग हुने खाडी मुलुकमा नै हो। तर महिलामाथि चरम शोषण हुन थालेपछि महिलाको सुरक्षालाई मध्यनजर राख्दै सरकारले हाल खाडी मुलुकमा महिला घरेलु कामदार पठाउन रोक लगाएको छ। तर, अनेक बाटाहरु अपनाउँदै नेपाली महिला घरेलु कामदारका रुपमा खाडी मुलुकमा गइरहेकै छ।
_x000D__x000D_
अहिले महिलालाई जुन बाटोबाट खाडी मुलुक पुर्याइने गरिएको छ, त्यो उनीहरुका लागि झनै असुरक्षित छ। यसले महिला बेचबिखनलाई बढावा दिइरहेको छ। यो कार्यलाई निषेध गर्न सरकारले घरेलु कामदारमा पठाउनै रोक लगाउनुभन्दा जुन देशमा नेपाली महिला घरेलु कामदारको माग छ ती देशसँग श्रम सम्झौता गर्ने, महिला कामदार पठाउन सम्बन्धित निकायबीच समन्वय तथा सहजीकरण गर्ने, त्यसको नियमन गर्ने, संस्थागत रुपमा पठाउन प्रोत्साहन गर्ने जस्ता कार्यहरु गर्नु जरुरी देखिन्छ।
_x000D__x000D_
_x000D_घरेलु कामदारबाहेक क्लिनर, सेल्स गर्ल, केयर गिभर, वेटरलगायतका काममा पनि महिलाहरु खाडी तथा मलेसिया जाने गरेका छन्।
_x000D_
_x000D__x000D_
वैदेशिक रोजगारीमा जान पाउने क्राइटेरिया तोकी जाने व्यक्तिलाई जिम्मेवार बनाएर पठाउन सके महिलाहरु लुकेर जाने क्रम कम हुने र यसले मानव बेचबिखनमा नियन्त्रण गर्न सकिने विश्वास गर्न सकिन्छ।
_x000D__x000D_
घरेलु कामदारबाहेक महिलाहरु क्लिनर, सेल्स गर्ल, केयर गिभर, वेटरलगायतका काममा खाडी तथा मलेसिया जाने गरेका छन्। सिलाइकटाइको काममा भने जोर्डन जाने गरेका छन्।
_x000D__x000D_
आफनो रुचीको काम जुनसुकै ठाउँमा गएर गर्न पाउनु नेपाली महिलाको संवैधानिक हक हो। तर यसो भन्दैमा जोखिम र चुनौतीको विश्लेषण राज्यले मात्र होइन, व्यक्ति स्वयंले पनि गर्नु पर्दछ।
_x000D__x000D_
सरकारबाट इजाजत पाएका संस्था मार्फतमात्र वैदेशिक रोजगारीमा जाने, पठाउने संस्थाको सम्पूर्ण जानकारी राख्ने, आफू जाने कम्पनीको आधिकारिकता बुझ्ने, सम्पूर्ण कागजात तथा सम्बन्धित निकायका सम्पर्क नम्बर घरपरिवारलाई छोडेर जाने गर्यो भने विदेश जाने महिला धेरै हदसम्म सुरक्षित हुन सक्छन्।
_x000D__x000D_
(भट्टराई श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी सहसचिव हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।