‘तस्बिर बोल्छ’ भनिन्छ। बोलिसक्यो होला।
_x000D__x000D_
पाँच बालबालिकाको अवस्थालाई प्रस्ट्याउन थप शब्द खाँचो पर्दैन। यो चाहेको पनि थिइनँ। तर, आज मनभरि सन्तुष्टि भरिएपछि खुसीको अनुभूति सेयर गर्न मन लागेको छ।
_x000D__x000D_
फरक यत्ति छ, यो तस्बिर केही दिनअघि आँखाभरि आँसु पारेर खिचेको थिएँ। आज आँखामा हर्षको आँसु रसाउँदै लेखिरहेको छु।
_x000D__x000D_
दुर्गममा बसेर पत्रकारिता गर्नु भनेकै दुःख झेल्नु हो। भोक, रोग, दुःख त जताततै। चारैतिर कथैकथा। कहिले अभावका। कहिले वियोगका। केही समयपछि ती सबै साधारण बन्दा रहेछन्। पचाउने खालका। हाम्रा लागि दुःखका कथा आम हुन्। भोकका कथा साझा हुन्।
_x000D__x000D_
तर कथा अलि भिन्न छ। दुःख, भोक र शोक मिलेपछि के बन्छ; त्यसैको।
_x000D__x000D_
OOO
_x000D__x000D_
यी पाँच भाइबहिनीको अवस्था सुन्नेबित्तिकै छाती गह्रुँगो भएको थियो। कुनै कठोर वस्तुले थिचेझैं। मनमा दया र आक्रोश एकसाथ जागेको थियो।
_x000D__x000D_
बाजुराको बडिमालिका नगरपालिका मना गाउँका यी अबोध बालबालिकाका बुवा रामबहादुर साउदको चार वर्षअघि मृत्यु भयो, क्यान्सरबाट। बुवाको मृत्युपछि आमा बिर्माले यिनीहरुको गुँड सम्हालेकी थिइन्। जसोतसो 'चारो' टिपिरहेका थिए। जब ‘अस्पताल जान्छु’ भनेर आमा घरबाट निस्किइन्। उनीहरु चारोकै पर्खाइमा थिए। अन्तत: उनी फर्किइनन्। गुँड भत्कियो।
_x000D__x000D_
_x000D_कस्तो नियति! कस्तो विडम्बना! १० वर्षे बालिकाको कलिलो काँधमा चार भाइबहिनीको जिम्मेवारी आइलाग्यो।
_x000D_
_x000D__x000D_
पछि थाहा भयो, उनी त विवाह गरेर अन्तै गइसकिछन्।
_x000D__x000D_
_x000D__x000D_
क्यान्सरले चुँडेर लगेको थियो बाउलाई। आमा लालाबाला छाडेर गइन्। ९ महिनाको दूधेबालक सहित ५ सन्तानको माया कहाँ छाडेर गइन्। किन यति कठोर भइन् उनी। यी अबोधहरुलाई थाहा छैन।
_x000D__x000D_
सुरुमा मलाई पनि लागेको थियो- कस्ती निष्ठुरी आमा। आक्रोश जागेको थियो। श्रीमान्को मृत्युपछि जीवनको यथार्थसँग लड्न नसकेर उनी भागिन्। जीवनदेखि भाग्नुजति कातरपन अरु होइन। यही ठम्याइ थियो मेरो। मान्छे एक समय आएर निष्ठुर भइदिँदो रहेछ। अरुको माया र आफ्नै जीवन तुलना गर्दो रहेछ। उनले तुलना गरिन्। लालाबालाभन्दा प्रिय आफ्नै जीवन लाग्यो। कठोर मुटु बनाइन्, सुरु गरिन् जीवनको अध्याय।
_x000D__x000D_
आमा नै साथमा नरहेपछि यी बालबालिका सम्पूर्ण रुपमा बेसहारा भए।
_x000D__x000D_
सबैभन्दा ठूली पार्वती अहिले १३ वर्षकी भइन्। आमाले छाड्दा उनी मात्र १० वर्षकी थिइन्।
_x000D__x000D_
कस्तो नियति! कस्तो विडम्बना! १० वर्षे बालिकाको कलिलो काँधमा चार भाइबहिनीको जिम्मेवारी आइलाग्यो।
_x000D__x000D_
यसपछिका केही समय उनीहरुकी फुपू संरक्षक बनेर आइन् तर उनी पनि पाँच बालबालिकाको भोकसँग लड्न सकिनन्। गाउँको देवता रिसाएको बहाना बनाउँदै एक दिन उनी पनि उम्केर आफ्नै घर फर्किइन्। त्यसपछि बिलकुल एक्लिए उनीहरु।
_x000D__x000D_
_x000D_जब मैले पार्वतीसँग भिडियो कुराकानी गर्न थालेँ। क्यामेरा तेर्स्याइरहेका मेरा हात एकाएक काँप्न थाले। आँखा अघि नै रसाइसकेछन्।
_x000D_
_x000D__x000D_
यिनै पार्वतीले जसोतसो भाइबहिनीको संरक्षण गरिन्। गाउँलेले धेरथोर दया गरे होलान्। समाजसेवी भाइ वीरबहादुर विष्टले यही थाहा पाएर मलाई रिपोर्टिङ गर्न सिफारिस गरेका थिए। भाइ प्रशान्त जोशी पनि मसँगै यात्रामा निस्किए।
_x000D__x000D_
_x000D_OOO
_x000D__x000D_
बर्खायामको पहिरो छिचोल्दै बडिमालिका नगरपालिकाको मना गाउँ पुगेँ म। उनीहरुको घर पुग्दा मागेर ल्याएको कोदाको पिठोलाई जसोतसो रोटी बनाइरहेकी थिइन्, पार्वती। साना भाइबहिनी नुन चोपेर खाँदै थिए।
_x000D__x000D_
_x000D__x000D_
जब मैले पार्वतीसँग भिडियो कुराकानी गर्न थालेँ। क्यामेरा तेर्स्याइरहेका मेरा हात एकाएक काँप्न थाले। आँखा अघि नै रसाइसकेछन्। मन अमिलो भयो। पार्वती भाइको टाउको मुसार्दै आफ्ना कथा भनिरहेकी थिइन्, ‘भाइबहिनीलाई खानेकुरामा माग्न गाउँतिर जान्छु। पुरानो लुगा पनि मागेर ल्याउँछु। त्यहाँ पनि टुहुरा भनेर हेप्छन्। विद्यालय जान मन लाग्छ। तर, कसरी जाने? भाइबैनालाई पढाउन मन थियो। कसरी पढाउने?’
_x000D__x000D_
मैले भिडियो खिच्न छाडेँ। पालैपालो कुपोषणले ग्रस्त भाइबहिनीको अनुहारमा हेरेँ। जति हेर्दै गएँ, त्यति मन अमिलिँदै गयो।
_x000D__x000D_
दुःखी-गरिबले मिठोगुलियो खाने भनेकै चाडपर्वमा हो। कृष्ण जन्माष्टमीलाई बाजुरामा विशेष पर्वकै रुपमा लिइन्छ। त्यो दिन सकेसम्म मिठोमसिनो खाने चलन छ।
_x000D__x000D_
_x000D_उनीहरु मावलीबाट थप निराशा बोकेर फर्किएछन् घरमा। घर के भन्नु ओतमा। आमाबुवाबिनाको घर ओत मात्रै न हो।
_x000D_
_x000D__x000D_
सबैको घरमा मिठो पाक्दा उनीहरुलाई आशा जाग्ने नै भयो। उनीहरुको मिठो खाने एउटै आशा थियो मावली।
_x000D__x000D_
‘नांगो खुट्टा, भोको पेट, पुरानो लुगा लगाएर चार घन्टाको बाटो हिँड्दै मावली पुगेछन्। तर, उनीहरुलाई मावलीले पनि वास्ता नगरेपछि भोकभोकै घर फर्किंदै थिए। मैले आलु उसिनेर ल्याएकी थिएँ। त्यही दिएँ,’ उनीहरुलाई भेट्न जानुअघि बाटो खन्दै गरेकी एक महिला अरुसँग कुरा गरिरहेकी थिइन्।
_x000D__x000D_
उनीहरु मावलीबाट थप निराशा बोकेर फर्किएछन् घरमा। घर के भन्नु ओतमा। आमाबुवाबिनाको घर ओत मात्रै न हो।
_x000D__x000D_
_x000D__x000D_
यो घटनाले मलाई भावुक बनाइसकेको थियो। तर, पत्रकारिता भावुकता मात्रै होइन। यथार्थ बुझ्न म उनीहरु भएको ठाउँमा पुगेँ।
_x000D__x000D_
मैले उनीहरुको भिडियो मेरो फेसबुकमा पोस्ट गरेँ। म कार्यरत नेपाल टेलिभिजन लगायत अरु केही सञ्चारमाध्यममा पठाए। भिडियोमा केही सहयोगी मन भएकाहरुको नजर परेछ। तीमध्ये बेलायत बस्ने इशा गुरुङ, काठमाडौं बस्ने खुसी राई लगायत धेरैले भिडियो शेयर गरेर सहयोग गर्न अपिल गरे।
_x000D__x000D_
भोलिपल्टदेखि नै देश-विदेशबाट आर्थिक सहयोग जुट्न थाल्यो। प्रतिनिधिसभाकी सदस्य रामकुमारी झाँक्रीले फोन गरेर सहयोगको वाचा गरिन्। थुप्रै अधिकारकर्मी, नेता र विदेशमा बस्ने नेपालीले आर्थिक सहयोग गरे। केहीले त भिडियो हेरेपछि आफू रोएको बताए।
_x000D__x000D_
_x000D_एसओएसले सबै प्रक्रिया पुर्याएर ती भाइबहिनीको जिम्मा लियो। अहिले उनीहरु अभिभावकको वियोग र अभावको कष्टलाई बिस्तारै भुल्ने कोसिसमा छन्।
_x000D_
_x000D__x000D_
उनीहरुको रिपोर्ट प्रकाशन/प्रसारण भएपछि एसओएस बालग्रामले पनि थाहा पाएछ। एसओएस धनगढीका निर्देशक पदम हमालको नेतृत्वमा टोली केही दिनअघि बाजुरा आइपुग्यो।
_x000D__x000D_
एसओएसले सबै प्रक्रिया पुर्याएर ती भाइबहिनीको जिम्मा लियो। विभिन्न व्यक्तिले सहयोग गरेको ५ लाख रकम राष्ट्रिय वाणिज्य बैंकको मुद्दती खातामा प्रमुख जिल्ला अधिकारी संरक्षक हुने गरी उनीहरुकै नाममा जम्मा गरियो।
_x000D__x000D_
अहिले उनीहरु अभिभावकको वियोग र अभावको कष्टलाई बिस्तारै भुल्ने कोसिसमा छन्।
_x000D__x000D_
OOO
_x000D__x000D_
एक दशकभन्दा धेरै समय पत्रिकारितामै बितिसकेको छ। तर, पहिलोपल्ट यतिबेला पत्रकार हुनुको असली आनन्द महसुस गरिरहेको छु। पत्रकारिता समाचार संकलन र सूचना सम्प्रेषण मात्र होइन। त्यसले पार्ने असर प्रभाव पनि हो। जसमा आफ्नो पनि कर्तव्य हुँदो रहेछ।
_x000D__x000D_
ती भाइबहिनीलाई पहिलोपल्ट भेट्दाखेरि खसेका अनि एसओएस बालग्रामका लागि बिदाइ गर्दैगर्दा खसेका आँसु त उस्तै थिए। तर, अघिल्लोचोटि आँसु झरेपछि मन गह्रौं भएको थियो भने। अहिले मन शीतल बनेको छ।
_x000D__x000D_
(सिंह बाजुराबाट पत्रकारिता गरिरहेका छन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।