काठमाडौं- काठमाडौंको एक स्कुलबाट हराएका दुई बालबालिकालाई फेला पारी अभिभावकको जिम्मा लगाइएको छ।
_x000D__x000D_
काठमाडौं महानगरपालिका-३ आनन्दपुरस्थित ग्यानचेन स्याङ्जिन स्कुलमा पढ्ने ५ वर्षका जेम्स मोक्तान र उनलाई लिन आएकी ९ वर्षीया बालिका सानीमाया योन्जन सोमबारबाट हराएका थिए। जेम्स युकेजीमा पढ्छन्।
_x000D__x000D_
कपन प्रहरीको सम्पर्कमा आएका उनीहरुलाई आज बिहान स्कुलका प्रिन्सिपल सुवास लामाको जिम्मा लगाइएको बौद्ध प्रहरीका डिएसपी श्याम राईले जानकारी दिए।
_x000D_
_x000D_इटालियन लगानीमा सञ्चालित स्कुलमा करिब ५ सय विद्यार्थी अध्ययनरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।