काठमाडौं– प्रदेश २ सरकारले एसिड आक्रमणबाट मृत्यु भएकी रौतहट चन्द्रनिगाहपुरकी सम्झना दासको परिवारलाई थप २ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले दासको निधनप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई थप राहत दिने घोषणा गरेका हुन्।
_x000D__x000D_
मृतककी बहिनी सुस्मिता दासको उपचार तथा राहतस्वरूप ‘बेटी बचाउ, बेटी पढाउ’ योजनाबाट २ लाख रुपैयाँ दिने घोषणा गरिएको प्रदेश २ का महान्यायाधीवक्ता दिपेन्द्र झालले बताए।
_x000D__x000D_
यसअघि एसिड आक्रमणबाट गम्भीर दिदीबहिनीको उपचारका लागि प्रदेश सरकारले १ लाख रुपैयाँ दिने निर्णय गरेको थियो। यो सहित दास परिवारले अब ३ लाख रुपैयाँ पाउने भएको छ।
_x000D__x000D_
मुख्यमन्त्री राउतले सम्झना दासको जीवनरक्षा गर्न नसकिएको प्रति दुःख व्यक्त गर्दै उपचाररत सुस्मिता दासको उपचारका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताए।
_x000D__x000D_
उनले सो घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहरिन नदिन आवश्यक उपाय र कानूनी रायसहित लिखित प्रतिवेदन १५ दिनभित्र पेस गर्न मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालाई निर्देशनसमेत दिएका छन्।
_x000D__x000D_
चन्द्रपुर नगरपालिका–६ स्थित जादवलाल दासका दुई छोरी सम्झना र सुस्मितामाथि गत भदौ २६ गते राति करिब सवा १२ बजे एसिड आक्रमण भएको थियो।
_x000D__x000D_
एसिड आक्रमणपछि गम्भीर अवस्थामा उपचाररत रौटहटकी सम्झना दासको भने अाइतबार राति ११ः४० मा किर्तिपुर अस्पतालमा मृत्यु भएको थियाे।
_x000D__x000D_
आक्रमण गरेको आशंकामा प्रहरीले जादवलालकै छिमेकी अन्दाजी ५० वर्षीय रामबाबु पासवानलाई पक्राउ गरेको छ। पासवानले संझनालाई एकतर्फी रुपमा मन पराउँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनका सम्न्धमा थप छानबिन भइरहेको पनि रौतहट प्रहरीले बताएको छ।
_x000D__x000D_
पासवान बिरामी कुरुवाको लागि काठमाडौं समेत आएका थिए। सोहिक्रममा उनलाई अस्पतालबाटै प्रहरीले पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।