नेपालगन्ज- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीले क्रिकेटमा बिताएका दुई दशकका अनुभवलाई आत्मसंस्मरण पुस्तकमार्फत सार्वजनिक गर्ने भएका छन्।
_x000D__x000D_
पुर्ख्यौली थलो पर्वत भए पनि क्षेत्रीले भारतको पश्चिम बंगालबाट क्रिकेटको करिअर सुरु गरेका हुन्। भारतको चर्चित जाइन्ट क्लब मोहम्मडनदेखि बेलगाछिया, बाटा हुँदै मेट्रो रेलको टिमबाट समेत उनले खेलेका थिए। नेपाल फर्किएपछि क्षेत्री १९९६ मा नेपाली क्रिकेटको पहिलो राष्ट्रिय टिममा परे। सन् १९९८ मा काठमाडौंमा भएको दोस्रो एसिसी प्रतियोगितामा नेपाली टिमको कप्तानी उनैले सम्हालेका थिए।
_x000D__x000D_
२०५० सालदेखि कोहलपुर बस्दै आएका क्षेत्रीले २०५२ मा बाँके टिमबाट स्वदेशी मैदानमा ‘डेब्यू’ गरे। त्यसलगत्तै १२औं जय ट्रफी खेलेपछि उनी राष्ट्रिय टिममा परे। सन् १९९६ मा नेपाली टोलीले पहिलो पटक मलेसियामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा क्षेत्री टिमका उपकप्तान थिए। दुई वर्षपछि उनले १९९८ मा कप्तानीको जिम्मेवारी सम्हाले।
_x000D__x000D_
बाँके टिमको समेत कप्तान रहेका उनले २०५६ सालमा राजविराजमा भएको १६औं जय ट्रफीसम्म खेले।
_x000D__x000D_
२०६० सालमा क्षेत्री नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सदस्य एवं क्षेत्रीय अध्यक्ष पनि भए उनी। २०६१ देखि उनले नेपालमा छात्रा क्रिकेटको सुरुवात गरेका हुन्।
_x000D__x000D_
२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले 'कू' गरेपछि क्यान पुनर्गठन भयो। २०६२ मा भएको पुनर्गठनमा भने उनी परेनन्।
_x000D__x000D_
२०६३ सालमा पुनः क्यानमा फर्किए क्षेत्री।
_x000D__x000D_
भारतमा पाँच वर्ष ए डिभिजनमा सहभागी, नेपालको पहिलो टोलीको उपकप्तान हुँदै कप्तान, महिला क्रिकेटको सुरुवातकर्ता, क्यानमा कप्तानको तर्फबाट प्रतिनिधित्व गर्ने पहिलो व्यक्तिका साथै अहिले उनी आइसिसीले क्यानलाई चलायमान गराउन बनाएको स्वतन्त्र समूहको सदस्य छन्। यी सबै भोगाइ र अनुभव आफ्नो आत्मसंस्मरणमा समेटएको क्षेत्री बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।