न्यूयोर्क– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।
_x000D__x000D_
संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुवै मुलुकका परराष्ट्रमन्त्री न्युयोर्क पुगेको अवसरमा भेटवार्ता भएको हो। उक्त अवसरमा दुईपक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो।
_x000D__x000D_
छलफलमा यसअघि दुवै मुलुकबीच भएका सम्झौताअनुसार सञ्चालन भएका विकास परियोजनालाई थप गति दिने सहमति भएको परराष्ट्र सचिव शङ्करदास वैगागीले जानकारी दिए।
_x000D__x000D_
भेटका समय नेपालका तर्फबाट मन्त्री ज्ञवालीसँगै परराष्ट्र मन्त्रालयका सचिव वैरागी र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी उपस्थित थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।