काठमाडौं– संसारबाट आएका भोटको आधारमा अघि रहँदै स्पेनिस क्लब रियल म्याड्रिडका क्रोएसियाली मिडफिल्डर लुका मोड्रिकले लगातार फिफा पुरुष वर्ष खेलाडी २०१८को अवार्ड जितेका छन्।
_x000D_मोड्रिकले अन्तिम मनोनयनमा परेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इजिप्टका मोहमद सलाहलाई पछि पारेर अवार्ड जितेका हुन्।
_x000D__x000D_
अवार्डका लागि चार समूहमा भोटिङ भएको थियो। जसमा फिफा सदस्य राष्ट्रका राष्ट्रिय प्रशिक्षक र कप्तानले भोट गरेका थिए। यस्तै विश्वभरबाट छानिएका फुटबल पत्रकार र फ्यानले पनि आफूलाई मन पर्ने खेलाडी तथा प्रशिक्षकलाई मत दिएका थिए।
_x000D__x000D_
भोटिङमा विश्वभरका २ सय फुटबल पत्रकारले सहभागिता जनाएका थिए। यस्तै अनलाइनमार्फत लाखौं फ्यानले भोट गरेका थिए। फिफाको अनलाइनमा फ्यानले एक पटक मात्र भोट गर्ने व्यवस्था गरिएको थियो। सबैले मनोनयनमा परेका खेलाडी तथा प्रशिक्षकलाई पहिलो, दोस्रो र तेस्रो तहमा राखेर भोट गरेका थिए। चारै समूहको भोट २५–२५ प्रतिशतको आधारमा हिसाब गरिएको छ।
_x000D__x000D_
कप्तान, प्रशिक्षक र पत्रकारले तीन जनालाई तहगत रुपमा भोटिङ गर्ने व्यवस्था गरिएको थियो। जसमा पहिलो नम्बरमा भोट पाउनेले ५ अंक तथा दोस्रो नम्बरमा भोट पाउनेलाई ३ अंक दिने व्यवस्था गरिएको थियो। तेस्रो नम्बरमा भोट पाउनेले १ अंक पाएका थिए।
_x000D__x000D_
फिफा अवार्डमा नेपालबाट तीन जनाले भोट गरेका थिए। प्रशिक्षक ग्योतोकु कोजी, कप्तान विराज महर्जन र पत्रकार रितेश रिजालले भोट गरेका हुन्। नेपालका प्रशिक्षक कोजीले पहिलो नम्बरमा चेल्सीका बेल्जियन मिडफिल्डर इडिन हजार्डलाई भोट दिएका छन्। उनले दोस्रो नम्बरमा फ्रान्सका एन्टोनी ग्रिजम्यान र तेस्रो नम्बरमा रोनाल्डोले भोट दिए।
_x000D__x000D_
कप्तान महर्जनले पहिलो नम्बरमा रोनाल्डो, दोस्रो नम्बरमा म्यानचेस्टर सिटीका बेल्जियम मिडफिल्डर केभिन डे ब्रुइन र तेस्रो नम्बरमा ग्रिसम्यानलाई भोट दिएका थिए। पत्रकार रिजालले पहिलो नम्बरमा मोड्रिक, दोस्रो नम्बरमा रोनाल्डो र तेस्रो नम्बरमा मेसीई भोट दिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।