लन्डन– क्रोएसियाका कप्तान लुका मोड्रिक विश्वकपको उत्कृष्ट पुरुष वर्ष खेलाडी घोषित भएका छन्। मोड्रिकलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सोमबार राति लन्डनमा आयोजन समारोहमा फिफा वर्ष खेलाडीको अवार्ड प्रदान गरेको हो।
_x000D__x000D_
स्पेनिस क्लब रियल म्याड्रिडका ३३ वर्षीय मिडफिल्डर मोड्रिकले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इजिप्टका मोहमद सलालाई पछि पारेर अवार्ड हात पारेका हुन्। रोनाल्डो यसै सिजन रियल म्याड्रिड छाड्दै इटालीयन क्लब इभेन्ट्समा आवद्ध भएका थिए। सलाह इंग्लिस क्लब लिभरपुलमा आवद्ध छन्।
_x000D__x000D_
विश्वभरबाट फ्यान, राष्ट्रिय कप्तान र प्रशिक्षकहरुले दिएको मत मध्ये मोड्रिकले २९.०५ प्रतिशत भोट पाए। रोनाल्डोले १९.८ र सलाहले ११.२३ प्रतिशत भोट पाए।
_x000D__x000D_
गत सिजन मोड्रिकले रियल म्याड्रिडका लगि लगातार तेस्रो वर्ष युरोपियन च्याम्पियन्स लिगको उपाधि उचालेका थिए।
_x000D__x000D_
त्यस्तै गत जुलाईमा सकिएको फिफा विश्वकपमा पनि मोड्रिकले आफ्नो कप्तानीमा क्रोएसियालई फाइनलको यात्रा गराएका थिए। फाइनलमा भने मोड्रिकको क्रोएसिया फ्रान्स ४–२ ले पराजित भएको थियो।
_x000D__x000D_
योसँगै मोड्रिकले सन् २००७ पछि रोनाल्डो र लिओनल मेसीले वर्ष खेलाडीमा गरेको एक छत्र राज तोडेका छन्। सन् २००७ मा ब्राजिलका काकाले अवार्ड हात पारेपछि रोनाल्डो र मेसीबाहेक अन्य खेलाडीले अवार्ड जित्न सकेका थिएनन्।
_x000D__x000D_
यता ब्राजिलकी फरवार्ड मार्ता महिला वर्ष खेलाडी घोषित भएकी छिन्। विश्वविजेता फ्रान्सका प्रशिक्षक डिडियर डेस्चाम्स उत्कृष्ट प्रशिक्षक चुनिए।
_x000D__x000D_
_x000D__x000D_
उत्कृष्ट वर्ष खेलाडी घोषित हुन नसकेपनि सलाहले पुस्कस अवार्ड भने हात पारे। उनलाई गत डिसेम्बरमा प्रिमियर लिगअन्तर्ग इभर्टनबिरुद्ध गरेको गोलका लागि सो अवार्ड दिइएको हो।
_x000D_उत्कृष्ट गोलकिपर बेल्जियमका थिबाउट कोउटोइसले प्राप्त गरे।
_x000D__x000D_
पेरुका समर्थकलाई फिफा फ्यान अवार्ड प्रदान गरियो। सन् १९८२ पछि पहिलो पटक विश्वकपमा पुगेपछि गत जुन–जुलाईमा पेरुका हजारौं फ्यान रसिया पुगेका थिए।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।