न्युयोर्क– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गरेका छन्।
_x000D__x000D_
उनले आफूहरुको अबको भेटवार्ताबाट पनि आश्चर्यजनक उपलब्धि हुने विश्वास सोमबार राष्ट्रसङ्घको महासभामा पुगेका सञ्चारकर्मीसँगको भेटमा व्यक्त गरेका हुन्।
_x000D__x000D_
राष्ट्रपति ट्रम्पले धेरै विषयहरूमा छलफलपछि व्यापक सहमतिका आधार बनेका र अर्को भेट टाढा नभएको प्रतिक्रिया दिएका थिए। ‘हाम्रो दोस्रो शिखर सम्मेलन मलाई चाँडै नै होला जस्तो लागेको छ।’, उनले भने।
_x000D__x000D_
दक्षिण कोरिया र उत्तर कोरियाका शीर्ष नेताहरुको बैठकपछि दक्षिण कोरिया र चीनले तत्काल अमेरिकासँग फेरि वार्ता गर्न उत्तर कोरियालाई सुझाव दिएका थिए।
_x000D__x000D_
दक्षिण कोरिया र चीनको सुझाव सार्वजनिक भएको केही दिनपछि अमेरिकी राष्ट्रपति ट्रम्पले चाडै वार्ता हुने विश्वास व्यक्त गरेका हुन्।
_x000D__x000D_
ट्रम्प र किमबीचको बहुचर्चित पहिलो शिखर सम्मेलन यसअघि गत जुनमा सिङ्गापुरमा भएको थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।