रसुवा– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी माथि कारबाहीको माग गर्दै अन्तरपार्टी महिला सञ्जाल रसुवाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।
_x000D__x000D_
पछिल्लो समयमा मुलुकमा दण्डहिनता बढेको र बालिका तथा महिला दिन प्रतिदिन असुरक्षित बन्दै गएकाले उनीहरूको सुरक्षाको माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय रसुवा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्।
_x000D__x000D_
अन्तरपार्टी महिला सञ्जाल रसुवाका सचिव दावा लामा तामाङको नेतृत्वमा गएको महिलाको टोलीले लामो समयसम्म पनि दोषी पक्राउ नपर्नु दुःखद भएको उल्लेख गर्दै छिट्टै पक्राउ गरी कारबाहीको माग गरेका छन्। देशमा बढीरहेको हत्या, हिंसा, अराजकता, दण्डहिनता र महंगी तत्काल नियन्त्रण गर्न विज्ञप्ति मार्फत सरकारसँग माग गरेका छन्।
_x000D__x000D_
सो अवसरमा प्रमुख जिल्ला अधिकारीले अन्तरपार्टी महिला सञ्जालले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको माग जायज भएको बताउँदै उक्त माग तत्काल सम्बन्धित निकायमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे।
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।