काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिरको दोस्रो हप्ता नेपाल भ्रमणमा आउने भएका छन्। काठमाडौँस्थित भारतीय दूतावास स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चार माध्यमले बताएअनुसार मोदी मंसिर १२ र १३ गते नेपाल भ्रमणमा आउन लागेका हुन्। भारतको प्रधानमन्त्रीका रूपमा निर्वाचित भएपछि मोदीको यो पाँचै नेपाल भ्रमण हुनेछ।
_x000D__x000D_
आगामी नेपाल भ्रमणको अवसरमा मोदीले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमले बताएको छ। यसअघि बैशाख २८ र २९ गते नेपालको धार्मिक भ्रमणमा आउँदा होस् अथवा गत भदौ १४ र १५ गते नेपालमा आयोजना चौथो बिम्स्टेक सम्मेलनमा नेपाल आउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई दुवै पटक लुम्बिनी भ्रमणको निम्ता दिएका थिए। सार्वजनिक रुपमा बुद्ध जन्मभूमि लुम्बिनी भ्रमणको बारम्बार चाहना राखेको मोदीले अन्ततः लुम्बिनी भ्रमण गर्ने निधो भएको हो।
_x000D__x000D_
मोदीले पहिलो पटक नेपालको भ्रमण २०७१ साउन १८ र १९ गते गरेका थिए। भारतको प्रधानमन्त्रीको रुपमा निर्वाचित मोदीले विदेश नीतिमा ‘छिमेक नीति’ लाई पहिलो प्राथमिकता दिने भन्दै आफ्नो पहिलो विदेश यात्रा छिमेकी देश भुटानबाट गरेका थिए भने त्यसपछि नेपाल आएका थिए।
_x000D__x000D_
भारतीय प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा पनि सार्क क्षेत्रका सबै सरकार प्रमुखलाई भारतीय प्रधानमन्त्री निवास (पहिले सेभेन रेस कोर्स) मा बोलाएर छिमेक देशलाई प्राथमिकता दिएका मोदीको प्रशंसा भएको थियो। पहिलो पटक नेपालको भ्रमण गर्दा ४५ मिनेट संसद्मा भाषण गरेका मोदीको समर्थनमा नेपालका सांसदले ४९ पटक ताली बजाएका थिए भने बाटोमा सर्वसाधारण पनि मोदीको जयजयकार गाए। जनताले समेत मोदीको स्वागतमा कुनै कमी हुन दिएनन्।
_x000D__x000D_
मोदी चार महिनापछि २०७१ मा नेपाल आउँदा पहिलो भ्रमणको तुलनामा हाउभाउमा निकै परिर्वतन आएको थियो। मंसिर १० र ११ गते काठमाडौँमा आयोजना भएको १८औँ सार्क सम्मेलनमा नेपाल आउँदा मोदी निकै परिवर्तन भइसकेका टीप्पणी भएको थियो।
_x000D__x000D_
दोस्रो नेपाल भ्रमणका क्रममा मोदी निर्देशनात्मक रुपमा प्रस्तुत भएको नेपाल कम्युनिष्ट पार्टीका एक उच्च नेता बताउँछन्। ‘पहिलो भ्रमणमा नेपालको शुभचिन्तक जसरी प्रस्तुत भएका यिनै मोदी सार्क सम्मेलनमा सहभागी हुन नेपाल आउँदा निकै परिर्वतित शैलीमा प्रस्तुत भए’, उनले भने, ‘नेपालको संविधान निर्माणमा भारतको अव्यक्त चाहना समेटिनु पर्ने किसिमको उनको अभिव्यक्ति थियो।’
_x000D__x000D_
सार्क भ्रमणको अवसरमा नेपाल आउँदा मोदीको जनकपुरमा नागरिक अभिन्नदन गरिने बताइएको भएपनि सुरक्षाको कारण देखाउँदै अन्तिम समयमा नेपाल सरकारले कार्यक्रम स्थगित गर्यो। नागरिक अभिनन्दनपछि मोदीले सीमा क्षेत्रका नेपाली जनतालाई साइकल वितरण गर्ने कार्यक्रम थियो। भारतको विहार प्रान्तको चुनाव प्रचार लक्षित उक्त कार्यक्रम रद्द हुँदा मोदीको आत्मसम्मानमा चोट लागेको विश्लेषकहरु बताउँछन्। नेपालमा २०७२ मा भारतले आर्थिक नाकाबन्दी लगाउँदा रद्द गरिएको जनकपुरको नागरिक अभिनन्दनलाई पनि कारण देखाइएको थियो।
_x000D__x000D_
गत बैशाखमा मोदीको नेपाल भ्रमण सुरुवात जनकपुरबाट हुनु र नागरिक अभिनन्दन हुँदा नेपालसँगको सम्बन्ध जुन बिन्दूबाट बिग्रिएको थियो त्यँहीबाट सुधार गर्ने जमर्को भएको विश्लेषण गरियो। धार्मिक भ्रमणमा नेपाल आएका मोदीले कर्नाटक प्रान्तको विधानसभाको निर्वाचन प्रचारका लागि नेपाली भूमि प्रयोग गरेको भारतीय सञ्चार माध्यमले आरोप लगाए। हिन्दू समुदायको बाहुल्य रहेको कर्नाटक क्षेत्रको हिन्दू जनमतलाई प्रभावित गर्न धार्मिक भ्रमणको छद्म भेषमा नेपाल आएको उनीहरुको आरोप थियो।
_x000D__x000D_
धार्मिक भ्रमणमा नेपाल आएका मोदीले जनकपुरधाम, पशुपतिनाथ र मुक्तिनाथ मन्दिरको यात्रा गरे भने दुबै देशका प्रधानमन्त्रीले रामयण सर्किटको संयुक्त उद्घाटन गरे। जनकपुरबाट सुरु भएको रामायण सर्किट भारतको अयोध्यासँग जोडिन्छ। अध्योयामा रहेको राम मन्दिरको विवादलाई भारतीय इतिहासमा लामो समयसम्म चलेको विवादको रुपमा लिइन्छ।
_x000D__x000D_
सन् १५२८ बाट शुरु भएको यो विवाद आजसम्म छ। मुगल सम्राट बाबरले अयोध्यामा राम मन्दिर रहेकै ठाउँमा बाबरी मस्जिद निमार्ण गरेको आरोप हिन्दूहरुको छ, जहाँ सन् १९९२ मा दुबै समुदायबीचको असमझदारीले चरम रुप लिएको थियो। रामायण सर्किटको निर्माणबाट त्यस क्षेत्रका हिन्दू समुदायको भावना जित्ने काम गरेको भारतीय सञ्चार माध्यमको विश्लेषण छ।
_x000D__x000D_
२०६२/६३ को जन आन्दोलन पश्चात् नेपाललाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिए पनि नेपालमा ‘हिन्दू सेन्टिमेन्ट’ रहेको र २०७२ को नाकाबन्दी पश्चात् नेपालसँग बिग्रिएको सम्बन्धलाई धार्मिक भ्रमणसँगै सुधार गर्ने अभिप्रायका रुपमा मोदीको वैशाखको भ्रमणलाई लिनुपर्ने कतिपय जानकारको तर्क छ।
_x000D__x000D_
गत वैशाखमा गरेको धार्मिक भ्रमणले कर्नाटक विधानसभा निर्वाचनमा मोदीको पार्टी भाजपालाई सहयोग पुगेको देखिन्छ। भाजपाले कर्नाटकमा राज्य सरकार बनाउन नसके पनि (भाजपाले त्यहाँ केही घण्टा सरकार बनाए पनि सासंदमा बहुमत पुर्याउन नसकिने देखेपछि त्यहाँका तत्कालीन मुख्यमन्त्रीले राजीनामा दिएका थिए।) अघिल्लो निर्वाचनमा भन्दा राम्रो पकड स्थापित गरेको थियो।
_x000D__x000D_
गत भदौमा बिम्स्टेक सम्मेलनमा सहभागी हुन मोदी नेपाल आउँदा निर्वाचन लक्षित कुनै हर्कत नगरेका मोदीको आगामी नेपाल भ्रमण भने भारतीय निर्वाचन लक्षित कार्यक्रम रहेको कतिपय विश्लेषकको बुझाई छ। भारतको कुल जनसंख्याको ८० प्रतिशत जनसंख्या हिन्दू छन्। यस्तै बौद्धमार्गीहरु ०.८ प्रतिशत छन्। धार्मिक हिसाबमा फरक सम्प्रदायका भएपनि हिन्दू र बौद्धधर्मावलम्बीहरु आफूलाई एउटै किसिमको धर्मिक समूह अन्तर्गत रहेको मान्ने गर्छन्। तर यी दुई धर्मावलम्बीबीच पनि प्रशस्तै फरक धारणा रहेको छन्।
_x000D__x000D_
आगामी मंसिरमा हुने भनिएको मोदीको नेपाल भ्रमणमा पनि २०१९ अप्रिल महिनामा हुने भारतीय निर्वाचन प्रभावित गर्ने उदेश्यका साथ हुन लागेको विश्लेषकहरुको मत छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।