काठमाडौं– बाल गायक मनिष लिम्बूको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। लिम्बूको ‘मेरो देश’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा सुहाङ लिम्बूको शब्द, संगीत तथा रचनाकार सुहाङकै स्वर पनि रहेको छ।
_x000D__x000D_
राष्ट्रप्रेम भावका शब्द समेटिएको गीतको भिडियोमा नेपाली जातीय र सांस्कृतिक विविधता देख्न सकिन्छ। गायकद्वय मनिष र सुहाङका साथ बाल प्रतिभा माङ्गेन्ना लिम्बू र साथीहरुको अभिनय रहेको भिडियो युगल पोमोले निर्देशन गरेका हुन्। भिडियोको छाँयाकार भुपेन्द्र तुम्बाहाम्फे रहेका छन्।
_x000D__x000D_
पाँचथर कुरुम्बामा जन्मिएका मनिष गायन प्रतिभाका कारण केही समययता सामाजिक सञ्जालमा भाइरल बनेका थिए। स्थानीय सांगीतिक मञ्चमा ९ वर्षीय बालकको गायन प्रस्तुति र प्रतिभा देखेर प्रतिभाको सम्मान गर्दै केही महिनाअघि सुहाङ लिम्बुले मनिषलाई काठमाडौं बोलाएका थिए।
_x000D__x000D_
केही समयको संगीत प्रशिक्षणपछि मनिषको स्वरमा नयाँ गीत बजारमा ल्याइएको संगीतकार सुहाङले बताए।
_x000D__x000D_
हेर्नुहाेस् भिडियोः
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।