एजेन्सी- बलिउड फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा अभिनेता आमिर खान ‘फिरंगी’ क्यारेक्टरमा प्रस्तुत भएका छन्। फिल्मका लागि आमिरको ‘फिरंगी’ लुक्स (पोस्टर) सोमबार सार्वजनिक भएको हो।
_x000D__x000D_
फिल्मको उक्त पोस्टर आमिरले इन्स्टाग्राम एकाउन्टमार्फत सार्वजनिक गरेका हुन्। उक्त पोस्टरका साथ उनले मोसन ग्राफिक्स भिडियो पनि सार्वजनिक गरेका छन्। ‘ठग्स अफ हिन्दुस्तान’का लागि आमिरको यो पहिलो पोस्टर हो।
_x000D__x000D_
पोस्टरमा आमिर नौलो पोसाकमा देखिएका छन्। आमिर घोडामा नभएर गधामा सवार देखिन्छन्।
_x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।